मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
मेलबर्न
२०७८ माघ ८ शनिबार ०८:३१:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

ओसाका तेस्रो चरणबाटै बाहिरिन्

Read Time : > 1 मिनेट
मेलबर्न
२०७८ माघ ८ शनिबार ०८:३१:००

अस्ट्रेलियन ओपनको महिलातर्फकी साविक विजेता नाओमी ओसाका तेस्रो चरणबाटै बाहिरिएकी छिन् । शुक्रबार मेलवर्न पार्कमा अमेरिकन प्रतिद्वन्द्वी अमान्डा अनिसिमोभासँग २–१ को सेटमा पराजित हुँदै जापानजि खेलाडी ओसाका घर फर्किएकी हुन् । प्रतियोगितामा वरियताहिन खेलाडी अनिसिमोभाले ओसाकामाथि ४–६, ६–३ र ७–६ को सेटमा जित निकालेकी हुन् । अव क्वार्टरफाइनल प्रवेशका लागि अनिसिमोभाले अस्लेघन बार्टीविरुद्ध प्रतिस्पर्धा गर्ने छिन् । बाटर्लीे तेस्रो चरणमा इटालिकी कालिमा जिओर्जिलाई ६–२ र ६–३ सेटमा हराइन् । 

मेलवर्न पार्कमा ओसाकाले दुई म्याच प्वाइन्ट रक्षा गर्न सकिनन् । तेस्रो तथा अन्तिम सेटमा ओसाका र अनिसिमोभाबीच टाइब्रेकर भएको थियो । जसमा अनिसिमोभाले १०–५ को जित हात पारिन् । अस्ट्रेलियन ओपनको ड्र निस्कदा ओसाका र बाटर्लीबीच चौथो चरणमा प्रतिस्पर्धा हुने छाँटकाँट देखिएको थियो । 

ओसाकालाई उपाधि दावेदार खेलाडीका रुपमा हेरिएको थियो । जापानजि खेलाडी ओसाकाले चार महिनाको ब्रेकपछि सिधै अस्ट्रेलियन ओपनमा सहभागिता जनाउन आएकी थिइन् । १३औँ वरीयताकी ओसाकाले आफू सन्चो नभएको बताएकी छिन् । ‘प्रतियोगिताको पहिलो चरणदेखि नै स्वास्थ्य राम्रो थिएन,’  खेलपछि ओसाकाले भनिन्, ‘प्रत्येक चरणमा जित निकाल्न कडा मिहिनेत गर्नु परेको थियो ।’ दुईपटककी अस्ट्रेलियन ओपन च्याम्पियन ओसाकाले अनिसिमोभाविरुद्ध तीन वटै सेटमा कडा परिश्रमि गरिन् । तर उत्कृष्ट फर्ममा रहेकी अनिसिमोभाले ओसाकाको गल्तिमा विजयी अंक बटुल्दै गइन् । अमेरिकन खेलाडी अनिसिमोभाको ग्रान्डस्लाम टेनिसमा उत्कृष्ट प्रदर्शन नै सन् २०१९ को फ्रेन्च ओपन थियो । त्यसबेला उनी सेमिफाइनलसम्म पुगेकी थिइन् । 

तेस्रो तथा अन्तिम सेटमा ओसाका ५–४ ले अघि थिइन् । यसै बेला उनले दुई म्याच प्वाइन्ट प्राप्त गरिन । तर अनिसिमोभाले ब्याक हयान्डको प्रदर्शनका गर्दै ओसाकाको म्याच प्वाइन्ट विफल पारिन् । ‘मलाई थाहा थियो, आजको खेल कडा हुने छ,’ खेलपछि अनिसिमोभाले भनिन्, ‘एक च्याम्पियन खेलाडीविरुद्ध प्रतिस्पर्धा गर्नु निकै गाह्रो हुने गर्छ ।’ अनिसिमोभाले ओसाकामाथिको जित धेरै पछि सम्म स्मरणीय हुने बताइन् ।

‘एक च्याम्पियन खेलाडीलाई हराउनु आफैमा गौरव हो, यस कारण यो जित पछि सम्म मेरो दिमागमा रही रहने छ,’ उनले भनिन्, ‘सवै सेटमा सजक भएर खेलेँ ।’ यसैगरी पुरुषतर्फ स्पेनिस खेलाडी राफेल नाडाल चौथो चरणमा प्रवेश गरेका छन् । २१औँ ग्रान्डस्लाम जित्ने लक्ष्यका साथ मेलवर्नमा पुगेका नाडालले तेस्रो चरणमा २८औँ वरियताका कारेनमाथि ६–३, ६–२, ३–६ र ६–१ को सेटमा जित निकाले ।