मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ माघ ७ शुक्रबार १८:३९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विद्यार्थीको क्षमता अभिवृद्धिका लागि सिर्जनात्मक कार्यक्रम 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ माघ ७ शुक्रबार १८:३९:००

रामेछापको उमाकुण्ड गाउँपालिका– ४, बलाखीमा रहेको श्री देवीश्वर आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री प्रदान गरिएको छ। ‘के फाउन्डेसन ग्लोबल’को सहयोगमा विद्यालयमा कक्षा १ देखि ५ कक्षासम्म अध्ययनरत विद्यार्थीलाई लक्षित गर्दै दुई दिनसम्म फाउन्डेसनले बालबालिकाको सिर्जनात्मक तथा कलात्मक क्षमता वृद्धिको कार्यक्रम गरेको विद्यालयका प्रधानाध्यापक चन्द्र खातीले बताए । ‘ग्रामीण क्षेत्रको स्कुलमा फाउन्डेसनले बालबालिकालाई सिर्जनात्मक अभ्यास गराएको छ,’ उनले भने । के फाउन्डेसन ग्लोबलको सहयोगमा विद्यार्थीमा थप हौसला मिलेको उनले बताए । 

दुर्गम भेगका विद्यालयका पुस्तकालयमा चित्रकला र नृत्यकलालाई प्राथमिकतामा राखेर शिक्षा क्षेत्रको गुणस्तर विकासका लागि सहयोग गरेको फाउन्डेसनका अध्यक्ष सौरभ रिमालले बताए । ‘हामीले विद्यालयमा न्यानो कपडा वितरण गर्नुका साथै विद्यार्थीलाई चित्रकला पनि सिकाएका छौँ। विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको प्रतिभा बुझेर चित्रकलामा उत्कृष्ट हुनेलाई पुरस्कार प्रदान गर्याैँ । यसले उनीहरूमा पढाइप्रति प्रोत्साहित गराउँछ भन्ने हामीलाई लागेको छ ।’ रिमालले भने । त्यस्तै, निकट भविष्यमा विद्यालयका छात्रछात्राका लागि चित्रकला र नृत्यकला सिकाउने शिक्षकको व्यवस्था गरिने पनि उनले बताए ।

ग्रामीण क्षेत्रका विद्यालयमा विद्यार्थीलाई पढाइका अलवा चित्रकला र नृत्यकलामा जोड दिएको ‘के फाउन्डेसन ग्लोबल इंक’का संस्थापक अध्यक्ष नवनीत कोइरालाले बताए । बालबालिकालाई विद्यालयबाट उनीहरूको रुचि छनोट गरेर मार्ग दर्शन गराउने आफूहरूको ध्येय रहेको कोइरालाले बताए। ‘बालबालिकाको क्षमता समयमै पहिचान हुन नसक्दा उनीहरूको भविष्य अन्याेल पनि भएको छ। यसका लागि बालबालिकलाई रुचिको क्षेत्रमा मार्ग दर्शन गरियो भने उनीहरूको सुनौलो भविष्य निर्माण हुन्छ। त्यसकारण पनि नेपालमा दुर्गम क्षेत्रका विद्यालयमा पढ्ने विद्यार्थीको क्षमता र प्रतिभा खोज्ने प्रयास हामीले गरेका हौँ’, उनले भने ।