१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
तिवारी यादव वीरगन्ज
२०७८ माघ ७ शुक्रबार १८:१४:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको विरोधमा वीरगन्जमा प्रदर्शन (फोटो फिचर)

Read Time : < 1 मिनेट
२०७८ माघ ७ शुक्रबार १८:१४:००

सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको विरोधमा शुक्रबार वीरगन्जमा प्रदर्शन भएको छ । एमाले निकट ओविसि महासंघको अगुवाईमा माईस्थान चोकमा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर्न भन्दै सरकारविरुद्ध प्रदर्शन भएको हो । 

सोही क्रममा उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहनसमेत गरेका छन् नेपाल आयल निगमले बुधबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल प्रतिलिटर ३ रुपैयाँ, डिजेल तथा मट्टितेल पनि ३ रुपैयाँले बढाएको छ । 

अब उपत्यका बाहिर पेट्रोलको मूल्य प्रतिलिटर एक सय ३९ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य एक सय २३ रुपैयाँ कायम भएको छ ।  प्रदर्शनमा ओविसि पिछडा महासंघका केन्द्रीय  अध्यक्ष तेजप्रकाश निषाद,उपाध्यक्ष अकलेश साह,सहमहासचिव धनराज गुप्ता ,केन्द्रिय सदस्य शंकर यादव ,राजन साह लगायत सहभागी थिए ।