१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ माघ ७ शुक्रबार १७:५४:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

आहा रारा गोल्ड कप  :  पुलिस अन्तिम आठमा

Read Time : < 1 मिनेट
२०७८ माघ ७ शुक्रबार १७:५४:००

विभागीय नेपाल पुलिस क्लब पोखरामा जारी २०औँ संस्करणको आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेको छ । प्रतियोगिताअन्तर्गत शुक्रबार सम्पन्न प्रि–क्वार्टरफाइनलको खेलमा हिमालयन शेर्पा क्लबलाई सडन डेथमा पराजित गर्दै क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको पुलिसले सेमिफाइनल प्रवेशका लागि आइतबार हुने खेलमा मनाङ मर्स्याङ्दी क्लबसँग भिड्नेछ ।

निर्धारित ९० मिनेटको खेल एकएक गोलको बराबरीमा सकिएपछि अतिरिक्त समयमा धकेलिएको थियो । थपिएको ३० मिनेटको अतिरिक्त समयमा दुवै टोलीले कुनै गोल गर्न नसकेपछि निर्णयका लागि भएको टाइब्रेकरमा दुवै टोलीले समान चार चार गोल गरेका थिए । निर्धारित समय र टाइब्रेकरमा बराबरी भएपछि सडन डेथमार्फत विजेता छिनोफानो भएको थियो । 

सडन डेथमा पहिलो प्रहार गर्ने पुलिसका बुद्ध तामाङ र शेर्पाका जीवन गुरुङ गोल गर्न सफल भएका थिए । सडन डेथको दोस्रो प्रहारमा पुलिसका राम बाजीले गोल गर्दा शेर्पाका पूर्णबहादुर गुरुङको प्रहार विपक्षी किपर रोशन खड्काले विफल पारेका थिए ।