१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
श्रवण थापा सर्लाही
२०७८ माघ ७ शुक्रबार १६:५३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मापदण्डको खिल्ली उडाउँदै प्रधानमन्त्रीको पार्टी नै भिडभाडमा 

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
२०७८ माघ ७ शुक्रबार १६:५३:००

पछिल्लो समय कोरोना संक्रमणदर ह्वात्तै बढेको छ। सरकारले संक्रमण फैलिन नदिनको लागि भिडभाड कर्म गर्न निर्देशन जारी गरेको छ। दैनिक १० हजारभन्दा बढी संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले स्वास्थ्य मापदण्ड पालना गरी बढीमा २५ जनासम्म सहभागी हुन पाउने बताउँदै आएको छ । 

तर, शुक्रबार सर्लाहीमा त्यसको ठीकविपरीत दृश्य देखियो । देशका प्रधानमन्त्री शेरबहादुर देउवा सभापति भएको पार्टी नेपाली कांग्रेसले सरकारका सबै  नीति नियमलाई लत्याउँदै ठूलो भिड तथा तामझामका साथ जिल्ला अधिवेशनको उम्मेदवार घोषणा गरेको छ । कांग्रेसको  उक्त भिड देख्दा लाग्थ्यो कोरोना फगत भन्नको लागि मात्र हो। 

विषम परिस्थितिको सामान्य ख्यालसमेत नगरी यसरी भिडभाड गरेर उम्मेदवारी घोषणा गरिएपछि स्थानीय आश्चर्यमा परेका छन् । यसरी जिल्लाका आमनागरिकको सुरक्षालाई व्यवस्था गरेर कार्यक्रम आयोजना भइरहँदा प्रहरी प्रशासन भने मुकदर्शक बनिरहे । आमनागरिकका लागि मात्र  नियम लाग्ने हो कि भनेर स्थानीयले प्रश्न गरिरहेका थिए। यसरी भिडभाड गरेर गरिएको भेला र सभाले गाउँ समाजमा कोरोना संक्रमणको जोखिम बढाएको सरोकारवालाको भनाइ छ ।