मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ ७ शुक्रबार १६:२९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

घुस मागेको भन्दै नेविसंघद्वारा त्रिवि उपकुलपतिलगायतको कार्यकक्षमा तालाबन्दी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ ७ शुक्रबार १६:२९:००

नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभुवन विश्वविद्यालयका उपकुलपति, रजिस्ट्रार र शिक्षाध्यक्षको कार्यकक्षमा तालाबन्दी गरेको छ। जनकपुरस्थित युथ क्याम्पससँग सम्बन्धनका लागि त्रिवि अनुगमन निर्देशनालयका उपनिर्देशकले घुस मागेको भन्दै नेविसंघले शुक्रबार तालाबन्दी गरेको हो। 

नेविसंघ त्रिवि समितिले विज्ञप्ति जारी गर्दै त्रिवि पदाधिकारीलाई बर्खास्त गर्नुपर्ने माग राखेको छ। ‘जनकपुरस्थित युथ क्याम्पसलगायतका दर्जनौँ क्याम्पसहरूबाट विश्वविद्यालय पदाधिकारीका नाममा उठाइएको घुस रकम सार्वजनिक गरी दोषीलाई कडाभन्दा कडा कारबाहीको माग गर्दै भ्रष्ट त्रिवि पदाधिकारीलाई विश्वविद्यालयबाट अबिलम्ब बर्खास्त नगरेसम्मका लागि उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको जानकारी गर्दछौँ,’ विज्ञप्तिमा उल्लेख छ।

पीडित विद्यार्थीको भविष्य सुनिश्चित गर्नुका साथै उनीहरूलाई यथोचित क्षतिपूर्ति दिन पनि नेविसंघले माग गरेको छ। उक्त कार्यमा संलग्न पदाधिकारीहरूलाई कारबाही नगर्दासम्म आन्दोलन जारी रहने त्रिवि नेविसंघ समितिका सचिव योगेन्द्र रावलले बताए।