मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ ७ शुक्रबार १६:०२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेसको १६ जिल्लाको अधिवेशन अनिश्चित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ ७ शुक्रबार १६:०२:००

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत बाँकी १६ जिल्लाको अधिवेशन स्थगित भएको छ। बढ्दो कोरोना संक्रमणका कारण कांग्रेसले निर्वाचन हुन बाँकी रहेका जिल्लाको अधिवेशन स्थगित गरेको हो।

कांग्रेस केन्द्रीय निर्वाचन समिति सचिव केशव रिजालका अनुसार निर्वाचन समितिको बिहीबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको जोखिमलाई मध्यनजर गर्दै तत्कालका लागि स्थगित गरेको हो। निर्वाचन समितिले संक्रमणको अवस्थालाई हेरेर अधिवेशनको नयाँ मिति तय गर्ने जनाएको छ।

सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछाममा कांग्रेसको जिल्ला अधिवेशन  हुन बाँकी छ। यससँगै माघ १५ का लागि तोकिएको जिल्ला अधिवेशन अनिश्चित बनेको छ।