मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ ७ शुक्रबार १५:२०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जोर–बिजोर प्रणाली लागू नगर्न प्रशासनलाई व्यवसायीको सुझाब

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ ७ शुक्रबार १५:२०:००

यातायात व्यवसायीहरूले सवारीसाधनमा जोर/बिजोर प्रणाली लागू नगर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई सुझाब दिएका छन्। शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र सरोकारवाला निकायहरूसँग सवारीसाधनमा जोर/बिजोर प्रणाली लागू गर्ने सम्बन्धमा छलफल गरेको थियो। छलफलका क्रममा यातायात व्यवसायीहरूले यस्तो आग्रह गरेका हुन्।

उनीहरूले सवारीसाधनमा जोर/बिजोर प्रणाली लागू गरेर कोरोना संक्रमण नियन्त्रण हुने तर्क वैज्ञानिक नहुने धारणा राखेका थिए। सवारीसाधन कम चलेमा यातायातका साधनमा यात्रुहरूको भिड हुने भन्दै व्यवसायीले जोर/बिजोर प्रणाली लागू नगर्न सुझाब दिएका हुन्। यद्यपि, सरकारले गरेको निर्णय आफूहरूले मान्ने व्यवसायीको भनाइ छ।

महासंघका महासचिव सरोज सिटौलाले सवारीसाधनमा जोर/बिजोर प्रणाली नगर्दा प्रभावकारी हुने सुझाब दिएको बताए। सार्वजनिक सवारीको साटो निजी सवारीसाधनलाई रोक्नुपर्ने उनको भनाइ छ।

जोर/बिजोर चल्दा सवारीसाधन कम चल्ने र यात्रुको भिड बढ्ने उनले बताए। यो प्रणालीले सवारीसाधन जरिवानाको निशानामा पर्ने उनले उल्लेख गरे। त्यसैगरी व्यवसायीहरूले ट्याक्सी र पर्यटकीय बसलाई पनि जोर/बिजोर लागू गर्नु नहुने सुझाब दिएको महासचिव सिटौलाले जानकारी दिए।