१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ ७ शुक्रबार १५:०८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कोरोना परीक्षण निःशुल्क गराउन कांग्रेस केन्द्रीय सदस्य सिवाकोटीको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ ७ शुक्रबार १५:०८:००

सत्तारुढ दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले कोरोना परीक्षण निःशुल्क गराउन सरकारसँग माग गरेका छन्। सिवाकोटीले खर्च अभावमा नागरिकले कोरोना परीक्षण गर्न सक्ने अवस्था नरहेकाे भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।

त्यस्तै, उनले खोप कार्ड अनिवार्य गरेर सार्वजनिक स्थानमा नागरिकमाथि प्रतिबन्ध हुने अवस्था सिर्जना नगराउनसमेत माग गरेका छन्। ‘खोप लगाउन चाहनेले पनि अझै कोभिडविरूद्धको खोप लगाउन पाएका छैनन्। यो स्थितिमा खोप कार्ड अनिवार्य भनेर नागरिकको ठूलो हिस्सालाई सार्वजनिक स्थानमा प्रतिबन्ध हुने अवस्था ती नागरिकहरूमाथिको ज्यादती र मानवअधिकारको हनन हो। तत्काल यो निर्णयमा पुनर्विचार गरियोस्।’