Skip This
मेयर र कर्मचारी संक्रमित भएपछि नगरपालिकाको सेवा प्रवाह बन्द
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 14 May, 2025
Invalid date format ११:५८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मेयर र कर्मचारी संक्रमित भएपछि नगरपालिकाको सेवा प्रवाह बन्द

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:५८:oo

नगरप्रमुखसहित कर्मचारीहरूमा कोरोना संक्रमण पुष्टि भएपछि लमजुङको मध्यनेपाल नगरपालिकाले सेवा प्रवाह बन्द गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै कन्ट्याक्क ट्रेसिङमा परेका अन्य कर्मचारीहरूको पिसिआर रिपोर्ट नआउँदासम्मका लागि नगरपालिका र वडा कार्यालयहरूको सेवा प्रवाह बन्द गरेको हो।

कार्यलयबाट सामान्य सेवा प्रवाह बन्द गरिए पनि अत्यावश्यक सेवा भने बन्द नहुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। नगरपालिकाले बिहीबारदेखि आगामी १२ गतेसम्मका लागि नगरपालिका र मातहतका सबै वडा कार्यालयबाट उपलब्ध सेवा प्रवाह बन्द गराएको हो।