मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
तस्बिर : हेमन्त केसी/नयाँ पत्रिका ।
२०७८ माघ ६ बिहीबार १२:५७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हिमपातका कारण उपल्लो डोल्पावासीले पाएनन् कोरोनाविरुद्धको खोप

Read Time : < 1 मिनेट
२०७८ माघ ६ बिहीबार १२:५७:००

उपल्लो डोल्पाका सर्वसाधारणले समयमा कोभिड–१९ विरुद्धको खोप नपाउने भएका छन्। जिल्लाका अन्य स्थानमा खोप कार्यक्रम जारी रहे पनि उपल्लो डोल्पाका तीन पालिकाका नागरिकले समयमा खोप लगाउन नपाउने भएका हुन्।

स्वास्थ्य सेवा कार्यालय डोल्पाले माघ १० देखि १३ गतेसम्म मध्य र तल्लो डोल्पाका सर्वसाधारणलाई मात्र खोप लगाउन सूचना निकालेको छ। तर, उपल्लो डोल्पामा भारी हिमपातका कारण खोप लगाउन नसकिने कार्यालयले सूचनामा उल्लेख गरेको छ ।

हिमपातका कारण उपल्लो डोल्पा बन्धकजस्तै भएको छ। हिउँले बाटोसमेत पुरिएपछि यहाँका नागरिक खोपसहित अन्य सेवाबाट समेत वञ्चित छन्। सिसिएमसीको बैठकले माघ १६ देखि २० गतेसम्म विद्यार्थीलाई खोप लगाउनका लागि विद्यालय खोल्ने निर्णय गरिको थियो। तर, उपल्लो डोल्पामा विद्यार्थीले यो समयमा पनि खोप नपाउने भएका छन्।

त्यस्तै, खोप कार्ड नभएका व्यक्तिले माघ ७ बाट सरकारी सेवा लिन नपाउने निर्णयले उपल्लो डोल्पावासी थप पीडित हुने भएका छन्। से–फोक्सुन्डो, छाकाताङसुङ र डोल्पोबुद्ध गाउँपालिकामा हिमपातका कारण करिब ५ महिना सदरमुकाम दुनैसहित अन्य स्थानमा जाने काम पूर्णतया ठप्प हुने गरेको छ। हिमपातका कारण बालबालिकालाई लगाइने नियमित खोप र सुरक्षित सुत्केरी सेवा कात्तिकदेखि नै बन्द भइसकेको छ।