मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ दिल्ली एजेन्सी
२०७८ माघ ५ बुधबार १९:२४:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

स्वतन्त्रता दिवसमा भारतले ७५ लडाकु विमान प्रदर्शन गर्ने 

Read Time : < 1 मिनेट
नयाँ दिल्ली एजेन्सी
२०७८ माघ ५ बुधबार १९:२४:००

भारतले स्वतन्त्रताको ७५ वर्षको उपलक्ष्यमा तथा एक सातापछि आयोजना हुने गणतन्त्र दिवसका दिन ७५ वटा लडाकु हवाई विमान प्रदर्शन गर्ने भएको छ । वायुसेनाका जेट, अन्य विमान र हेलिकाेप्टरसँगै फ्लाई पास्टमा नौसेना र सेनाको उड्डयन शाखाका विमान पनि उडाइने भएको छ ।

 ‘यस वर्षको गणतन्त्र दिवसको फ्लाई पास्ट, स्वतन्त्रताको ७५ वर्षको उपलक्ष्यमा तीनवटा सेनाका ७५ वटा जहाजले प्रदर्शन गर्नेछन् । भारतले अहिलेसम्मकै धेरै विमान प्रदर्शन गर्नेछ,’ भारतीय अधिकारीहरूलाई उद्धृत गर्दै इन्डियन एक्सप्रेसले समाचार दिएको छ । वायुसेनाले सन् १९७१ मा बंगलादेश स्वतन्त्रताका समयमा मृत्यु भएका सैनिकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ । भारतले पाकिस्तानमाथि विजय र बंगलादेशको मुक्तिका ५०औँ वर्षको सम्झना वर्षको सम्झनामा मनाएको छ।

वायुसेनाले राफेल, सु–३०एमक, लडाकु विमान तेजस, जगुआर, मिग २९ लगायतका लडाकु विमानहरू ल्याउने जनाइएको छ । प्रदर्शनमा अपाचे, चिनुक, एमआई १७ भी ५ हेलिकाेप्टरहरू पनि हुनेछन्। वायुसेनाका डकोटा, डोर्नियर र ग्नाट जस्ता पुराना विमानहरूसमेत हुनेछन्  जसलाई पाकिस्तानको साबर लडाकु विमानहरू खसाल्न सक्ने साबर स्लेयर भनिएको छ । नौसेना, मिग २९, पि८आई निगरानी विमानले पनि प्रदर्शनमा सहभागिता जनाउनेछ।  सेनाबाट, हतियारयुक्त उन्नत लाइट हेलिकाेप्टर रुद्र फ्लाई पास्टसमेत त्यस क्रममा हुनेछ । 

बंगलादेशको युद्धमा समर्पित दुई संरचनाहरू टंगाइल र मेघनाको पनि प्रदर्शन हुनेछ । युद्धको समयमा, टंगाइल भन्ने ठाउँमा सेनाका सैनिकहरूलाई दुश्मन रेखा पार गर्न प्रयोग गरिएको डकोटा विमान पनि फ्लाई पास्टको हिस्सा हुनेछ । वायुसेनाले परेडमा एक झाँकी पनि राख्नेछ, जसले ढाकाको गभर्नर हाउसमा १९७१ को युद्धमा आक्रमण गर्ने मिग २१ विमानसहित वायुसेनाका अन्य प्रणालीहरूसहित देखाउने कार्यक्रम छ । प्रदर्शनमा राखिएका मिसाइलहरूमा राफेलमा स्क्याल्प, मिटियर र मिका समावेश हुनेछन् ।