मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ ५ बुधबार ०७:२८:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नाफा बुक गर्ने होडले झिनो अंकले घट्यो नेप्से 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ ५ बुधबार ०७:२८:००

मंगलबार नेप्से सूूचक १० दशमलव ७८ अंकले घटेर दुुई हजार नौ सय ३६ दशमलव ६६ बिन्दुुमा पुुगेको छ । झिनो अंकको गिरावट आएको बजारमा ‘क’ वर्गको कम्पनीमापक सेन्सेटिभ इन्डेक्स एक दशमलव १० अंकले बढेर पाँच सय ४७ बिन्दुुमा पुुगेको छ ।

अघिल्लो साताबाटै लगातार बढेको नेप्से सूूचकमा सामान्य करेक्सन हुन पुुगेको हो । लगानीकर्ता नाफा बुुक गर्ने होडले बजारमा उत्तारचढाव आएको छ । यद्यपि, बजारले माथिल्लो बिन्दुुमा जाने प्रयासमा प्रतिरोध सिर्जना भएको छ । 

कारोबार अवधिभर बजार करेक्सन हुुँदै अघि बढ्ने प्रयासमा देखिएको लगानीकर्ता संरक्षणा चौधरी बताउँछिन् । बजार झिनो अंकले घटे पनि सेयर खरिद–बिक्री निकै सकारात्मक बनेको छ । जसले लगानीकर्तालाई आगामी दिनमा लगानी गर्न उत्साही हुने देखिन्छ । लगानीकर्ता सेक्टर फेरी–फेरी लगानी गरिरहेका छन् । मंगलबार वाणिज्य बैंकमा १ प्रतिशतभन्दा बढीले लगानी गरेका छन् । होटेल तथा पर्यटन, म्युचुअल फन्डहरूमा लगानी गर्न सुुरक्षित मानेको देखिन्छ । फाइनान्स, जलविद्युुत् र विकास बैंक समूूहका लगानीकर्ता निराश बन्न पुुगेका छन् ।

सो दिन एक सय ४१ वटा स्क्रिप्टको सेयर मूूल्य घटेको छ भने ४५ वटा स्क्रिप्टको सेयर मूूल्य बढेको छ । जसमा वाणिज्य बैंकतर्फ सिभिल बैंक र नबिल बैंकले सर्वाधिक गुुमाएका छन् । फाइनान्सतर्फ जानकी फाइनान्स र श्रीइन्भेस्टमेन्ट फाइनान्सको सेयर मूूल्य सर्वाधिक घटेको छ । जलविद्युुत् समूूहमा १० वटा कम्पनीहरूले गुुमाएका छन् । त्यस्तै, जीवन लाइफ, निर्जीवन लाइफ कम्पनीहरूले पनि सर्वाधिक गुुमाएका छन् ।

धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय २४ स्क्रिप्टमध्ये एक करोड ६० लाख कित्ता–इकाइ सेयर खरिद–बिक्री हुँदा आठ अर्ब ४४ करोड रुपैयाँबराबरको कारोबार भएको छ । सर्वाधिक कारोबार हुने कम्पनीमा अपि पावर कम्पनी, अरुण भ्याली हाइड्रोपावर, नेपाल दूूरसञ्चार कम्पनी, आइएमी जनरल इस्योरेन्स, हिमालयन डिस्टिलरी कम्पनीको २८ करोड रुपैयाँदेखि २० करोड रुपैयाँसम्मको कारोबार भएको छ ।

सो दिन सर्वाधिक नाफा कमाउने कम्पनीमा सामलिङ पावर कम्पनी, मध्यभोटेकोसी जलविद्युुत् परियोजना, बुद्ध भूमि नेपाल हाइड्रोपावर, प्रभुु बैंक, वरुण हाइड्रोपावर कम्पनीको सेयर मूूल्य ९ प्रतिशतदेखि चार प्रतिशतसम्म बढेको छ । मानुुषी लघुुवित्त वित्तीय संस्था, कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूूल्य  ५ प्रतिशतले घटेको छ ।