मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ ४ मंगलबार १५:२३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सर्वोच्चको सेवा प्रवाहमा संकुचन ल्याउने फुलकोर्टको निर्णय (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ ४ मंगलबार १५:२३:००

कोरोना संक्रमणको बढ्दो अवस्थालाई मध्यनजर गर्दै सर्वोच्च अदालतले सेवा प्रवाहमा संकुचन ल्याउने निर्णय गरेको छ। मंगलबार बसेको सर्वोच्चका न्यायाधीशहरूको पूर्ण बैठक (फुलकोर्ट)ले बुधबारबाट बन्दी प्रत्यक्षीकरण, कोभिडसँग सम्बन्धित मुद्दा र अत्यावश्यक मुद्दाको मात्र दर्ता र सुनुवाइ गर्ने निर्णय गरेको हो। 

सर्वोच्चका प्रवक्ता बाबुराम दाहालका अनुसार फुलकाेर्टले माघ १८ सम्म सर्वोच्चको सेवा प्रवाहमा संकुचन ल्याउने निर्णय गरेको हो। यससँगै बुधबारबाट सर्वोच्चमा ६ प्रकारका सेवा मात्र उपलब्ध हुनेछन्।