मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौैं
२०७८ माघ ४ मंगलबार ११:३६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

स्थानीय तहको निर्वाचन समयमै गर्ने गरी तयारी गर्न सुझाव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौैं
२०७८ माघ ४ मंगलबार ११:३६:००

पाँचदलीय गठबन्धनको उच्चस्तरीय सरकार सञ्चालन समन्वय समितिको बैठक सकिएको छ।  राष्ट्रिय सभा निर्वाचन, स्थानीय निर्वाचन, संसद्को गतिरोध र कोरोना महामारी नियन्त्रणबारे छलफल गर्न आज प्रधानमन्त्रीनिवास बालुवाटारमा समन्वय समितिको बैठक बसेको थियो।

बैठकमा कोरोना महामारीलाई ध्यानमा राख्दै स्थानीय तहको निर्वाचन समयमै गर्ने तयारी गर्न सुझाव दिएको माओवादी केन्द्रका नेता देव गुरुङले जानकारी दिए। पार्टीभित्र छलफल गरेर अर्को बैठक पुन: बिहीबार बस्ने उनले बताए।