मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका विराटनगर
२०७८ माघ ४ मंगलबार ०८:५८:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

बालिका बलात्कार आरोपमा कांग्रेस नेता कोइरालाविरुद्ध मुद्दा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
२०७८ माघ ४ मंगलबार ०८:५८:००

बालिका बलात्कार आरोपमा प्रहरीले कांग्रेस प्रदेश–१ समिति सदस्य शिव कोइरालाविरुद्ध मुद्दा दर्ता गरेको छ । १० वर्षीया बालिका बलात्कार उद्योगमा प्रहरीले सोमबार ५२ वर्षीय कोइरालाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता गराएको हो ।

मोरङ प्रहरी प्रवक्ता डिएसपी मञ्जिल मुकारुङका अनुसार कोइरालाविरुद्ध बालिका बलात्कार उद्योगविरुद्ध मुद्दा दर्ता गराएर अदालतबाट अनुसन्धानका लागि पाँच दिनको म्याद थप भएको छ । 

प्रहरी र स्थानीयका अनुसार शुक्रबार साँझ स्थानीय किराना पसल सञ्चालन गर्दै आएका अभिभावकलाई भेट्न पुगेकी बालिकालाई कोइरालाले शौचालयमा बलात्कार प्रयास गरेका थिए ।

घटनाबारे पीडित बालिकाले सार्वजनिक गरेपछि शनिबार स्थानीय महिलाले कोइरालालाई हातपात गर्दै नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए । प्रहरीले आइतबार कोइरालालाई नियन्त्रण लिए पनि प्रारम्भिक अनुसन्धानपछि सोमबार अदालतमा मुद्दा दर्ता गरेर म्याद थप गराएको हो ।