१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ ४ मंगलबार ०७:४९:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

दराजको नयाँ  लोगो सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ ४ मंगलबार ०७:४९:००

आँचल कुँवर दराज नेपालको प्रबन्ध निर्देशक नियुक्त

इ–कमर्स प्लेटफर्म दराजले आफ्नो नयाँ ब्रान्ड लोगो अनावरण गरेको छ । दराज समूहका संस्थापक र सिइओ बियार्के मिक्केलसनले सोमबार नयाँ ब्रान्डको सुरुवातले व्यवसायका लागि एक रोमाञ्चक पाइला सुरु भएको बताएका छन् । ‘ब्रान्डको नयाँ रूप र अनुभूतिले अझै पनि हाम्रो डिएनए प्रगति, नवीनता, अन्वेषण र आविष्कारको अंश रहेका तत्वहरूलाई प्रतिनिधित्व गर्छ । यसले व्यक्तिगत अनुभवमा परिवर्तनको संकेत गर्छ, जसले हाम्रो प्लेटफर्ममा खरिदकर्ता र विक्रेता दुवैसँग अझ बढी कनेक्टिभिटी सिर्जना गर्न अनुमति दिनेछ,’ मिक्केलसनले भने ।

दक्षिण एसियाका पाँचवटा बजारहरू पाकिस्तान, बंगलादेश, श्रीलंका, नेपाल र म्यानमारमा इ–कमर्सलाई मानिसहरूको दैनिक जीवनको मुख्य भाग बनाउने दराजको महत्वाकांक्षामा नयाँ ब्रान्ड महत्वपूर्ण हुने उनको भनाइ छ । रिब्रान्डका विभिन्न पक्षहरूमध्ये एक उल्लेखनीय परिवर्तन भनेको दराजको लोगो हो ।

नयाँ लोगोले एउटा प्याकेजलाई प्रतिनिधित्व गर्छ, जुन इ–कमर्स प्लेटफर्मले एसएमई विक्रेताहरूलाई ग्राहकहरूसँग भौतिक रूपमा कसरी जडान गर्छ भन्ने प्रतीकात्मक छ । लोगोको केन्द्रमा एउटा तीर छ, जुन प्रगति र द्रुत डेलिभरीमा केन्द्रित छ, तर प्रयोगकर्ताका लागि थप गतिशील सामग्री अनुभव सिर्जना गर्न दराज निरन्तर नवप्रवर्तन गरिरहेको छ भन्ने प्रतीक ‘प्ले बटन’जस्तै पनि देखिन्छ । 

रिब्रान्डिङका साथै दराज नेपालले आँचल कुँवरलाई नयाँ प्रबन्ध निर्देशक (एमडी) नियुक्त गरेको छ । वर्तमान एमडी लिनो अहलेरिङ यस महिनाको अन्त्यमा सिंगापुरको दराज मुख्यालयमा क्षेत्रीय भूमिकामा सर्नेबित्तिकै आँचलले पदभार ग्रहण गर्नेछिन् ।

‘रिब्रान्डिङ र व्यवस्थापन परिवर्तनका साथ यो दराज नेपालमा नयाँ वर्षको नयाँ सुरुवात हो । वृद्धिको अर्को चरणमा, हामी हाम्रा ग्राहकहरू र साझेदारहरूलाई नवीनता, ग्राहक अनुभव र निजीकरणमा बलियो फोकसका साथ हाम्रो वाचा प्रदान गर्न हाम्रा मूल्यहरू निर्माण गर्न जारी राख्नेछौँ,’ आँचलले भनिन् ।