Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ माघ ३ सोमबार २१:१४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रहरीका २२ प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ माघ ३ सोमबार २१:१४:००

नेपाल प्रहरीका विभिन्न पदमा बढुवा भएका २२ प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । गृह मन्त्रालयको निर्णयअनुसार विभिन्न पदमा बढुवा भएका २४ प्रहरी अधिकृतमध्ये आज २२  प्रहरी अधिकृतलाई प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । 

महानिरीक्षक थापा क्षेत्रीले पदोन्नतिसँगै जिम्मेवारी थपिएको भन्दै इमान्दार र क्रियाशील भएर कर्तव्य पालन गर्नुपर्ने उल्लेख गरे ।  उनले  कोभिड–१९ को बढ्दो संक्रमणप्रति संवेदनशील एवं चनाखो भई आफू र आफ्नो मातहत प्रहरी कर्मचारी परिचालन गर्न उपस्थित प्रहरी अधिकृतलाई निर्देशन दिए । 

समाजमा हुन सक्ने सुरक्षा चुनौतीप्रति सजग र सचेत भई शान्ति सुरक्षा कायम गर्न अझ क्रियाशील हुनुपर्ने उनको भनाइ  थियो । पदोन्नति भएका अधिकृतको तर्फबाट बोल्दै प्रहरी नायब महानिरीक्षक पूजा सिंहले पदोनन्तिसँगै थपिएको जिम्मेवारीलाई संगठनको गरिमा र महत्वलाई अझ सक्षम, सबल र सुदृढ बनाउन अग्रसर भई आआफ्नो स्थानबाट निष्ठापूर्वक र इमान्दारीसाथ खटिने प्रतिबद्धता व्यक्त गरे । 

दर्ज्यानी चिह्नबाट सुशोभित हुनेमा प्रहरी नायब महानिरीक्षक सिंह, प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक इन्जिनियर रामकुमार चौधरी, ६ जना प्राविधिक प्रहरी नायब उपरीक्षक र १४ प्राविधिक प्रहरी निरीक्षक रहेका थिए ।