१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
एजेन्सी नयाँ दिल्ली
२०७८ माघ ३ सोमबार १६:३९:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

भारतीय नागरिकलाई एक वर्षमा एक अर्ब ५६ करोड डोज खोप

Read Time : < 1 मिनेट
एजेन्सी नयाँ दिल्ली
२०७८ माघ ३ सोमबार १६:३९:००

भारतले कोभिड– १९ विरुद्ध खोप अभियानको एक वर्ष पूरा गरेको छ । एक वर्षमा भारतले आफ्ना नागरिकलाई कम्तीमा एक अर्ब ५६ करोड ५७ लाख डोज खोप लगाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयलाई उद्धृत गर्दै समाचार एजेन्सी एएनआईद्वारा प्रकाशित समाचारअनुसार एक अर्ब ५६ करोड ७६ लाख १५ हजार चार सय ५४ जोड खोप भारत सरकारले आफ्ना नागरिकलाई लगाइदिएको छ । एएनआईका अनुसार यो आइतबारसम्मको विवरण हो । भारतले एक दिनमा औसत कम्तीमा पनि ६६ लाख २१ हजार डोज खोप लगाउने गरेको छ । भारतले अहिलेसम्म बुस्टर खोप मात्रै ४३ लाख १९ हजार दुई सय ७८ डोज दिएको छ । यीमध्ये १७ लाख ९२ हजार सात सय ८४ डोज खोप स्वास्थ्यकर्मीलाई तथा १४ लाख ४५ हजार एक डोज खोप अग्रमोर्चामा खटिएका सफाइ कर्मचारी, सुरक्षा कर्मीलगायतलाई दिएको भारतको जनसंख्या तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । 

यसैगरी, १५–१८ वर्ष उमेर समूहका मानिसलाई मात्रै भारत सरकारले तीन करोड ३८ लाख ५० हजार नाै सय १२ डोज खोप लगाएको छ । स्वास्थ्यमन्त्री मनसुख मान्डव्यले यसलाई ‘विश्वकै सबैभन्दा सफल’ खोपकरण भएको दाबी गरेका छन् । भारतले जनवरी १६, २०२१ मा कोभिड– १९ विरुद्ध राष्ट्रव्यापी कोभिड खोप अभियान सुरु गरेको थियो । सुरुमा  स्वास्थ्यकर्मीहरूलाई खोप दिन सुरु गरेको भारतले त्यसपछि अग्रमोर्चामा खटिने सबैलाई, त्यसपछि  ६० वर्षभन्दा माथिका र ४५ वर्षभन्दा माथिका व्यक्तिहरूलाई उपलब्ध गराएको थियो । भारतले मे १, २०२१ मा १८ वर्षभन्दा माथिकालाई खोप सुरु गरेको थियो ।