मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
गणेश लम्साल विराटनगर
२०७८ माघ २ आइतबार १४:१३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बालिका बलात्कार आरोपमा एक पक्राउ 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७८ माघ २ आइतबार १४:१३:००

बालिका बलात्कार आरोपमा  मोरङ प्रहरीले नेपाली कांग्रेसका एकजना प्रदेश समिति सदस्यलाई पक्राउ गरेर अनुसन्धान थालेको छ। मोरङको  बुढीगंगा गाउँपलिका– १ टंकीचौक निवासी अन्दाजी ५० वर्षीय कांग्रेस नेता शिव कोइरालालाई १० वर्षीया बालिका बलात्कार आरोपमा प्रहरीले आज नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो।  

मोरङ प्रहरी प्रवक्ता डिएसपी मञ्जिल मुकारुङले बालिका बलात्कारको उजुरी आएपछि कोइरालालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताए। उनले भने, ‘घटनाबारे हामी गहन अनुसन्धान गर्दै छौँ, अहिले नै सबै विवरण खुलाउन मिल्दैन।’ 

यता कांग्रेस नेता कोइरालाका आफन्त र समर्थकहरूले चाहिँ बालिका बलात्कारको आरोप झुटाे र मौखिक भएकाले उनलाई छाड्न प्रहरीलाई दबाब दिँदै आएका छन्।