१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ माघ २ आइतबार १३:५९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जब जहाजको ककपिटले ढोका लक नभएको संकेत गर्‍याे... 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ माघ २ आइतबार १३:५९:००

आइतबार बिहान १० बजे काठमाडौंदेखि पोखराका लागि गुण एयरलाइन्सको १९०० सी–बिचक्राफ्ट जहाज त्रिभुवन विमानस्थलबाट उड्यो। जहाजले धावनमार्ग छाडेलगत्तै जहाजको ककपिटले एउटा खतराको संकेत गर्‍याे । 

ककपिटले जहाजको ढोका नै लक नभएको संकेत दिएपछि पाइलट आत्तिए। एयर ट्राफिकले तुरुन्तै जहाज अवतरण गर्न निर्देशन दिए। त्यसपछि जहाज सुरक्षित अवतरण भयो।  जहाज अवतरणपछि सम्बन्धित इन्जिनियरहरूले जहाज जाँच गर्न लागेका नेपाल नागरिक उडड्यन प्राधिकरणले जनाएको छ।

प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुरका अनुसार जहाज विमानस्थलबाट धेरै पर पुगेको थिएन। नजिकैबाट फकाईएकाले क्षति हुनबाट जोगिएको छ। जहाजमा भएको लापरबाहीबारे छानबिन गरिने प्राधिकरणले जनाएको छ।