Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ माघ २ आइतबार १२:३०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अग्रपंक्तिमा खटिनेलाई आजदेखि बुस्टर डोज खोप, काठमाडौंमा भोलिदेखि सुरु गरिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ माघ २ आइतबार १२:३०:००

अग्रपंक्तिमा खेटिनेहरुको लागि सरकारले आजदेखि कोरोनाविरूद्धको बुस्टर डोज खोप लगाउन सुरु गरेपनि काठमाडौंमा भोलीदेखि लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। काठमाडौं बाहेकका केहि जिल्लाहरुले आजदेखि बुस्टर डोज खोप लगाउन सुरु गरेपनि काठमाडौं भोलीमात्रै बुस्टर डोज लगाउन सुरु गरिने मन्त्रालयका सह प्रवक्ता समिर कुमार अधिकारीले जानकारी दिए। उनका अनुसार मन्त्रालयले जिल्ला जनस्वास्थ्य कार्यालयलाई बुस्टर डोज खोप लगाउने जिम्मा दिएको छ।  ललितपुरले भने आजदेखि बुस्टर डोज खोप लगाउन सुरु गरेको छ। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीलाई खोप लगाइएको जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ। 

त्यस्तै, उपत्यका बाहिरका केहि जिल्लाहरुले आजदेखि नै बुस्टर डोज खोप लगाउन सुरु गरेका छन्। मन्त्रालयको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले आजदेखि खोप आग्रह गरेको थियो। तर, काठमाडौंमा आजदेखि सम्भव नभएको स्वास्थ्य मन्त्रालयले जनाएको हो। ‘बुस्टर डोप खोप लगाउने सम्बन्धमा शुक्रबार नै निर्णय भएको हो, हामीले जिल्लाहरुलाई बाटो खोलिदिएका छौं केहिले आजदेखि लगाउँछन्, केहीले भोलीदेखि सुरु गर्छन,’ सह प्रवक्ता अधिकारीले भने। 

विभागले अग्रपंक्तिमा खटिनेको लागि आजदेखि र ६० वर्षभन्दा माथिकालाई माघ १४ गतेदेखि खोप लगाउन सातवटै प्रदेश स्वास्थ्य निर्देशनालय र  ७ वटै स्वास्थ्य कार्यालयलाई पत्राचार गरेको छ। विभागले अग्रपंक्तिमा कार्यरत व्यक्तिहरुलाई मध्यनजर गर्दै आजदेखि नै बुस्टर डोज खोप लगाउन आग्रह गरेको छ। गत पुस २८ को मन्त्रीस्तरीय बैठकबाट उक्त निर्णय भएकोले आजदेखि नै कोरोनाको बुस्टर डोज लगाउन भन्दै विभागले बोधार्थसहित पत्राचार गरेको हो।