१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ माघ २ आइतबार १२:३०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अग्रपंक्तिमा खटिनेलाई आजदेखि बुस्टर डोज खोप, काठमाडौंमा भोलिदेखि सुरु गरिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ माघ २ आइतबार १२:३०:००

अग्रपंक्तिमा खेटिनेहरूका लागि सरकारले आजदेखि कोरोनाविरुद्धको बुस्टर डोज खोप लगाउन सुरु गरे पनि काठमाडौंमा भोलिदेखि लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। काठमाडौंबाहेकका केही जिल्लाले आजदेखि बुस्टर डोज खोप लगाउन सुरु गरे पनि काठमाडौंमा भोलि मात्रै बुस्टर डोज लगाउन सुरु गरिने मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिए। उनका अनुसार मन्त्रालयले जिल्ला जनस्वास्थ्य कार्यालयलाई बुस्टर डोज खोप लगाउने जिम्मा दिएको छ।  ललितपुरले भने आजदेखि बुस्टर डोज खोप लगाउन सुरु गरेको छ। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीलाई खोप लगाइएको जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ। 

त्यस्तै, उपत्यकाबाहिरका केही जिल्लाले आजदेखि नै बुस्टर डोज खोप लगाउन सुरु गरेका छन्। मन्त्रालयको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले आजदेखि खोप आग्रह गरेको थियो। तर, काठमाडौंमा आजदेखि सम्भव नभएको स्वास्थ्य मन्त्रालयले जनाएको हो। ‘बुस्टर डोप खोप लगाउने सम्बन्धमा शुक्रबार नै निर्णय भएको हो, हामीले जिल्लाहरूलाई बाटो खोलिदिएका छौँ, केहीले आजदेखि लगाउँछन्, केहीले भोलिदेखि सुरु गर्छन्,’ सह प्रवक्ता अधिकारीले भने। 

विभागले अग्रपंक्तिमा खटिनेको लागि आजदेखि र ६० वर्षभन्दा माथिकालाई माघ १४ गतेदेखि खोप लगाउन सातवटै प्रदेश स्वास्थ्य निर्देशनालय र  सातवटै स्वास्थ्य कार्यालयलाई पत्राचार गरेको छ। विभागले अग्रपंक्तिमा कार्यरत व्यक्तिहरूलाई मध्यनजर गर्दै आजदेखि नै बुस्टर डोज खोप लगाउन आग्रह गरेको छ। गत पुस २८ को मन्त्रीस्तरीय बैठकबाट उक्त निर्णय भएकाले आजदेखि नै कोरोनाको बुस्टर डोज लगाउन भन्दै विभागले बोधार्थसहित पत्राचार गरेको हो।