मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
एजेन्सी नयाँ दिल्ली
२०७८ माघ १ शनिबार २०:०५:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

भारत- चीन सीमावार्ता, ब्रेक थ्रू भएन  

Read Time : < 1 मिनेट
एजेन्सी नयाँ दिल्ली
२०७८ माघ १ शनिबार २०:०५:००

भारत र चीनबीच सैन्य कर्प्स कमान्डरस्तरीय १४औँ वार्ता बुधबार १३ घण्टासम्म चले पनि कुनै ब्रेक थ्रू भएन। दुवै पक्षबीच सैन्य तथा कूटनीतिक संवादको च्यानल खुला राख्ने र पुनः वार्तामार्फत आपसी स्वीकार्य समाधान खोज्ने सैद्धान्तिक सहमति भएको छ । यो पुरानै ढाँचाको सहमति हो, नयाँ होइन ।

‘दुवै पक्षले बिहीबार जारी गरेको संयुक्त वक्तव्यमा १५औँ चरणको वार्तामा छिट्टै बस्ने सहमति भएको छ,’ भारतीय मिडिया एनडिटिभीको समाचारमा उल्लेख छ। वार्ताकै दिन भारतीय सेनाध्यक्ष मनोजमुकुन्द नरभणेले पूर्वी लद्दाखको पेट्रोलिङ् प्वाइन्ट नम्बरमा  १५ (हट स्प्रिङ्)मा छाड्नेलगायतका सहमति हुने अपेक्षा गरेका थिए । तर, त्यस्तो सहमति भएन ।

चीनले प्याङगोङ साेमा एउटा पुल निर्माण गरेपछि भारतले विरोध जनाएपछिको गत साता दुई पक्षबीच उच्च सैन्य तहमा पहिलो वार्ता भएको थियो । पूर्वी लद्दाखमा चीनबाट अतिक्रमण भएको भारतीय आरोप छ भने चीनले त्यसलाई अस्वीकार गर्दै आएको छ । १४औँ बैठक पूर्वी लद्दाखको लाइन अफ एक्चुएल कन्ट्रोल (एलएसी)को चीनतर्फ चुसुल–मोल्दो सीमा क्षेत्रमा भएको थियो ।

वार्तामा दुवै पक्षका रक्षा तथा कूटनीतिक अधिकारी पनि सहभागी थिए । विशेष गरी लद्दाखको पश्चिम सिमानामा शान्ति तथा स्थिरता कायम गर्ने गरी संवाद अघि बढाउने विषयमा दुई पक्षबीच खुला छलफल भएको बैठकपछि जारी संयुक्त वक्तव्यमा उल्लेख छ।