मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ माघ १ शनिबार १९:१५:००
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

ए डिभिजन लिग  : संकटाको पहिलो हार, आर्मी तेस्रो स्थानमा उक्लियो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ माघ १ शनिबार १९:१५:००

थ्री स्टारविरुद्ध अन्तिम मिनेट सम्हालिन नसक्दा संकटाले जारी सहिद स्मारक ए डिभिजन लिगमा पहिलो हार भोगेको छ । यससँगै संकटाको अपराजित यात्रामा पूर्णविराम पनि लागेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा थ्री स्टारले इन्जुर समयमा गोल निकाल्दै संकटाको अपराजित यात्रालाई पूर्णविराम लगाइदिएको हो । थ्री स्टारलाई महत्वपूर्ण जित दिलाउन विजय भुजेलले गरेको गोल निर्णायक बन्यो । खेलको ९० मिनेट दुवै टोलीले स्कोरका लागि निकै संघर्ष गरे पनि गोल गर्न असफल भएका थिए।

यससँगै थ्री स्टार चौथो स्थानमा उक्लिएको छ भने संकटा पाँचौँ स्थानमा झरेको छ। थ्री स्टारले ९ खेलबाट १६ अंक जोड्दा संकटाको १४ अंक भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नै भएको खेलमा आर्मीले फ्रेन्ड्सलाई  ३–१ ले पराजित गर्दा संकटा र थ्री स्टारले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्।

शनिबार भएको पहिलो खेलमा आर्मीले फ्रेन्ड्स क्लबलाई ३–१ गोल अन्तरले पराजित गरेको हो। जितसँगै आर्मी तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। निकै रोमाञ्चक बनेको खेलमा आर्मीलाई जित दिलाउन जगजित श्रेष्ठ, दिनेश हेन्जन र सुमन अर्यालले एक–एक गोल गरे। फ्रेन्ड्सका जमल एन्थोनीले एक गोल फर्काए।

अघिल्ला खेलमा सन्तोषजनक नतिजा निकाल्न असफल आर्मीका लागि दशौँ मिनेटमा जगजित श्रेष्ठले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए। पेनाल्टी एरियाको बाँयातर्फबाट जगजितले क्रस गरेको बल पोस्टमा लाग्दै गोलमा परिणत भएको थियो। ४५औँ मिनेटमा दिनेशले गोल गर्दै आर्मीलाई पहिलो हाफमा २–० को अग्रता दिलाए। जर्ज प्रिन्सको हेडर पासमा अनमार्क रहेका दिनेशले सहजै गोल गरे। दोस्रो हाफको सुरुवातमै फ्रेन्ड्सले एक गोल फर्कायो। आर्मीका डिफेन्डरको गल्तीमा एन्थोनीले गोल गर्दै खेल २–१ को स्थितिमा ल्याए। खेलको ७१औँ मिनेटमा सुमनले गोल गर्दै आर्मीलाई ३–१ को अग्रता दिलाए।

यस जितसँगै आर्मी लिगको तेस्रो स्थानमा उक्लिएको छ। आर्मीले ९ खेलमा १७ अंक जोडेको छ। फ्रेन्ड्सले ९ खेलमा ३ अंक जोडेको छ। फ्रेन्ड्स पुछारमा यथावत छ। रेलिगेसनबाट बच्न संघर्ष गरिरहेको छ।