१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष ३० शुक्रबार १७:५९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरकारले घोषणा गरेकै समयमा मेलम्चीको पानी काठमाडौं ल्याउछौँ : खानेपानीमन्त्री चौधरी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष ३० शुक्रबार १७:५९:००

सरकारले घोषणा गरेकै समयमा मेलम्चीको पानी काठमाडौं ल्याउँछौँ : खानेपानीमन्त्री चौधरी 

खानेपानी मन्त्री उमाकान्त चौधरीले सरकारले घोषणा गरेकै समयमा मेलम्चीको खानेपानी काठमाडौं ल्याउने बताएका छन्।

शुक्रबार सिंहदरबारमा भएको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री चौधरीले सरकारले घोषणा गरेकै समयमा मेलम्चीको पानी काठमाडौं ल्याउने बताएका हुन्। उनले आफ्नो मन्त्रालयका कर्मचारीहरू दिनरात खानेपानीको काममा खटिरहेकोले अस्थायी रूपमा नै भए पनि सरकारले तोकेको समयसीमाभित्र मेलम्चीको खानेपानी काठमाडौं ल्याउने बताए । उनले भने, ‘सरकारले घोषणा गरेको समयमा नै हामीले काठमाडौंवासीलाई अस्थायी भए पनि पानी ल्याएर ख्वाउँछौँ भनेर हामी पूरै लागिपरेका छौँ र लाग्छौँ पनि । त्यसलाई सफल बनाउन सबै टिमले मिहिनेत गर्नुहुनेछ । हामी सरकारले घोषणा गरेकै समयभित्र पानी ख्वाउने प्रतिबद्धता जनाउँछौँ।’

पानीको मुहान र जलाधार संरक्षित नगरी दीर्घकालीन योजना सञ्चालन हुन नसक्ने उनको भनाइ थियो । मन्त्री चौधरीले  कुनै पनि नागरिक शुद्ध खानेपानी खानबाट वञ्चित हुन नपरोस् भन्ने कुरा कागजमा मात्रै नभई कार्यान्वयन गरेर देखाउने पनि बताए।