मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौैं
२०७८ पौष ३० शुक्रबार ०८:०६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

 ढाका गएका विद्यार्थीको लगेज फुटाएर चोरी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौैं
२०७८ पौष ३० शुक्रबार ०८:०६:००

अध्ययनका लागि बंगलादेशको ढाका पुगेका नेपाली विद्यार्थीको लगेज फुटाएर विमानस्थलमा चोरी भएको छ । मंगलबार काठमाडौंबाट हिमालय एयरलाइन्समार्फत ढाका पुगेकी विद्यार्थी नित्या कार्कीलगायतको लगेज चोरी भएको हो । तर, चोरी काठमाडौं वा ढाकास्थित विमानस्थल कहाँ भयो भन्ने यकिन छैन । 

कार्कीको लगेजबाट आठ सय अमेरिकी डलर, मोबाइलको चार्जर र खानेकुरा चोरी भएको हो । अन्य विद्यार्थीको पनि लगेज फुटाइएको थियो । नेपाली मेडिकल विद्यार्थी एसोसिएसन बंगलादेशले घटनाको अनुसन्धानमा नेपालस्थित विमानस्थल कार्यालयबाट असहयोग भएको भन्दै छानबिन गर्न आग्रह गरेको छ ।

ढाकास्थित विमानस्थलमा सिसिक्यामेरा फुटेज हेर्दा काठमाडौंकै विमानस्थलमा लगेज फुटाएर चोरी भएको सम्भावना देखिएको एसोसिएसनले जनाएको छ । कार्कीका आफन्त बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्दा सिसिक्यामेरा फुटेज लोड नभएको भन्दै अनुसन्धानमा चासो नदिइएको एसोसिएसनका अध्यक्ष नवीन यादवले ढाकाबाट नयाँ पत्रिकालाई बताए । 

अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी कार्यालयका प्रमुख एसएसपी भीमप्रसाद ढकालले नागरिक उड्डयन कार्यालयमा त्यससम्बन्धी उजुरी आएको र छानबिन भइरहेको जानकारी दिए । अनुसन्धानमा हिमालय एयरलाइन्सले पनि चासो नदिएको विद्यार्थीको आरोप छ । चोरी भएको धनमाल हस्तान्तरणमा ढिलाइ भए एयरलाइन्सविरुद्ध कानुनी प्रक्रिया थाल्ने चेतावनी विद्यार्थी एसोसिएसनले दिएको छ ।