मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष २९ बिहीबार २०:०८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सहायकरथी सिलवाल सैनिक प्रवक्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष २९ बिहीबार २०:०८:००

नेपाली सेनाको प्रवक्तामा सहायकरथी नारायण सिलवाल तोकिएका छन्। सिलवालले सूचना तथा जनसम्पर्क निर्देशनालयमा बिहीबार कार्यभार ग्रहण गरेका छन्। उनी यसअघि बालाजुस्थित सेनाको १ नम्बर बाहिनीपतिका रूपमा कार्यरत थिए । 

निवर्तमान सैनिक प्रवक्ता सहायकरथी सन्तोष बल्लभ पौडेल शान्ति सेना निर्देशनालयमा निर्देशकका रूपमा सरुवा भएका छन्। उनी करिब डेढ वर्ष सैनिक प्रवक्ताका रूपमा कार्यरत थिए। विगतमा संयुक्त राष्ट्रसंघीय मुख्यालयमा समेत काम गरेका पौडेलले कार्यकालमा भएको सहयोगप्रति सबै पत्रकारहरूलाई धन्यवाद दिएका छन् ।