१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ पौष २९ बिहीबार १७:०४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जनमोर्चाको प्रदेश सम्मेलन फागुनमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ पौष २९ बिहीबार १७:०४:००

राष्ट्रिय जनमोर्चाले आगामी फागुन ६ र ७ गते प्रदेश सम्मेलन गर्ने भएको छ । यसअघि पार्टीले आउँदो माघको १५ र १६ गते प्रदेश सम्मेलन तोकेको थियो । पछिल्लो समय कोभिड–१९को नयाँ भेरियन्टको बढ्दो जोखिम र कतिपय आवश्यक तयारी पूरा हुन नसकेका कारण सातवटै प्रदेश सम्मेलन केही सातापछि सारेको अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिए । 

देशव्यापी रूपमा संगठन सुदृढीकरण अभियान थालेको पार्टीले मातहतका प्रदेश, जिल्ला, स्थानीय कमिटीलाई स्वास्थ्य मापदण्ड अपनाएर मात्र राजनीतिक कार्यक्रम सञ्चालन गर्न आग्रह गरेको छ । जनताको प्रत्यक्ष सरोकार राख्ने समस्या समाधानमा जनवर्गीय संगठनलाई निर्देशन गरेको पार्टीले भिड हुने सभा–सम्मेलनलाई समेत स्थगन गरेको छ ।