मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ पौष २९ बिहीबार १६:३५:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्सेमा उच्च अंकको वृद्धि

Read Time : > 1 मिनेट
२०७८ पौष २९ बिहीबार १६:३५:००

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्सेमा ५४.१२ अंकले उकालो लागेर दुई हजार आठ सय ५७.७५ मा पुगेको छ । 

यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ८.९४ अंकले वृद्धि भई ५३०.८३ मा पुगेको छ । कुल दुई २४ कम्पनीको एक करोड १८ लाख ३४ हजार दुई सय १६ कित्ता सेयर रु. ६ अर्ब ६६ करोड ९७ लाख ४८ हजार पाँच सय ६८ मूल्यमा खरिद–बिक्री भए । आजको कारोबारपछि बजार पुँजीकरण रु. ४० खर्ब ३७ अर्ब १२ करोड ७२ लाख २० हजारको हाराहारीमा पुगेको छ ।

कारोबार भएका १३ उपसमूहमध्ये आज अन्य उपसमूहको मात्रै सेयर मूल्यमा गिरावट देखिएको छ । सो उपसमूह ३.४१ अंकले ओरालो लाग्दा बैंकिङ ९.८७, व्यापार ८३.४५, होटेल तथा पर्यटन ३५.६९, विकास बैंक १४७.६५, जलविद्युत् १५८.४७, वित्त ९२.५९, निर्जीवन बिमा २८८.५६, उत्पादन १२७.३३, लघुवित्त १७४.३४, जीवन बिमा ३४९.६१, सामूहिक लगानी कोष ०.१५ र लगानी ३.०५ अंकले उकालो लागेको छ ।

कारोबारका आधारमा माथिल्लो तामाकोसी शीर्ष स्थानमा छ । सो कम्पनीको रु. ३४ करोड ३१ लाख ४३ हजार दुई सय ४५ बराबरको कारोबार भयो । यस्तै अपी पावर कम्पनी रु. २३ करोड २३ लाख ३० हजार नाै सय ७०, नेपाल पूर्वाधार बैंक रु. २२ करोड २९ लाख ११ हजार सात सय १७, एचआइडिसिएल रु. २१ करोड ९४ लाख ६४ हजार ६ सय ६८ र हिमालयन डिस्टिलरी रु १४ करोड ४९ लाख ९२ हजार तीन सय ३४ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार मध्यभोटेकोसी जलविद्युत् कम्पनी ९.९८, माउन्टेन हाइड्रो ९.४४, कर्णाली डेभलपमेन्ट बैंक ९.३५, शिवश्री हाइड्रोपावर ९.०१ र आइसिएफसी फाइनान्सका लगानीकर्ताले ८.५४ प्रतिशतले कमाए ।  त्यस्तै, नबिल डिवेञ्चर २.०३, एनआइसी एसिया सेलेक्ट फन्ड १.४१, नारायणी डेभलपमेन्ट बैंक १.१९, राष्ट्रिय बिमा कम्पनी एक तथा  स्ट्यान्डर्ड चार्टर्ड बैंकका लगानीकर्ताले ०.९९ प्रतिशतले गुमाए ।