१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष २९ बिहीबार ०६:२५:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ज्योति विकास बैंकले चार अस्पताललाई दियो बेबी वार्मर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष २९ बिहीबार ०६:२५:००

ज्योति विकास बैंकले विभिन्न चारवटा अस्पताललाई बेबी वार्मर (न्यानो नानी) प्रदान गरेको छ । बैंकले प्युठानको भिंग्री प्राथमिक स्वास्थ्य केन्द्र, बाँकेको महादेवपुरी स्वास्थ्यचौकी, बर्दिया जिल्ला अस्पताल र जाजरकोटको स्वास्थ्य सेवा कार्यालयलाई राष्ट्रिय आविष्कार केन्द्रमा निर्मित बेबी वार्मर प्रदान गरेको हो । 

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वका निम्ति स्थापित ‘हाम्रो विकास प्रवर्द्धन कोष’मार्फत चारवटा स्वास्थ्य संस्थालाई शिशुको शारीरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मर प्रदान गरिएको जनाएको छ । सबै अस्पतालका डाक्टर, नर्सलगायत सम्बन्धित कर्मचारीलाई बेबी वार्मर सञ्चालनसम्बन्धी विशेष तालिम पनि दिइएको जनाइएको छ । 

बेबी वार्मरबाट ती स्थानवरपरबाट स्वास्थ्य केन्द्र तथा अस्पतालमा प्रसूति सेवा लिन आउने प्रत्यक्ष लाभान्वित हुने बैंकले विश्वास व्यक्त गरेको छ । बैंकले ‘न्यानो नानी’ परियोजना–२ अन्तर्गत हालसालै परवानीपुरको लिपनिबिर्ता स्वास्थ्यचौकी, हेटौँडा अस्पताल, फापरबारीको बेतिनी सामुदायिक स्वास्थ्यचौकी, चन्द्रनिगाहपुर अस्पताल र इनरुवा अस्पतालाई पनि बेबी वार्मर प्रदान गरेको जनाएको छ । 

बैंकले १३औँ वार्षिकोत्सवको अवसरमा डा. महावीर पुनद्वारा प्रवद्र्धित राष्ट्रिय आविष्कार केन्द्रलाई १२ वटा ‘न्यानो नानी’ बेबी वार्मर बनाई देशका विभिन्न ग्रामीण तथा पहुँच नपुगेका  अस्पतालहरूलाई हस्तान्तरण गर्ने सहकार्यका लागि सहयोग प्रदान गरेको जनाएको छ । बैंकले देशभरमा एक सय आठवटा शाखा, एक एक्सटेन्सन काउन्टर तथा ६२ एटिएममार्फत सेवा उपलब्ध गराउँदै आइरहेको जनाएको छ ।