१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ पौष २९ बिहीबार ०७:००:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

लमजुङ विद्युत् उपभोक्ता संस्थाकाे सम्झौता खारेज

Read Time : < 1 मिनेट
२०७८ पौष २९ बिहीबार ०७:००:००

लमजुङमा २५ वर्षदेखि समुदायस्तरबाट सञ्चालनमा रहेको लमजुङ विद्युत् उपभोक्ता संस्थाकाे सम्झौता खारेज भएको छ । गण्डकी प्रादेशिक कार्यालय पोखरामातहत लमजुङ वितरण केन्द्रअन्तर्गत रहेको उपभोक्ता संस्थाको सम्झौता रद्द भएपछि नेपाल विद्युत् प्राधिकरणबाट विद्युत् सेवा सञ्चालन हुने भएको हो ।

प्राधिकरण गण्डकी प्रदेश प्रादेशिक कार्यालय लमजुङ वितरण केन्द्रका प्रमुख यमकुमारी गुरुङका अनुसार २२ पुसमा बसेको प्राधिकरणको बोर्ड बैठकले सामुदायिक ग्रामीण विद्युतीकरण विभागअन्तर्गतको लमजुङ विद्युत् उपभोक्ता संस्थासँग भएको सम्झौता रद्द गरेको हो । उनका अनुसार यसअघि सामुदायिक ग्रामीण विद्युतीकरण निर्देशक समितिको पुष ४ गतेको १३५औँ बैठकको निर्णयअनुसार कार्य सम्पन्न गर्ने गरी निर्णय भएको थियो । 

बैठकले संस्थाको मातहतमा रहेका विद्युतीय संरचना तथा जनशक्ति प्राधिकरणमा हस्तान्तरण गर्ने सम्बन्धमा व्यवस्थापनबाट अध्ययन गरी प्रस्ताव पेस गर्ने निर्णय गरेको छ । संयुक्त मिटर रिडिङ गर्ने दिनसम्मको सम्पूर्ण विद्युत् महसुललगायत विद्युत् उपभोक्ता संस्थाबाट प्राधिकरणलाई बुझाउनुपर्ने सम्पूर्ण बक्यौता रकम वितरक संस्थाबाट असुल–उपर गर्ने गरी निर्णय भएको नेपाल विद्युत् प्राधिकरण गण्डकी प्रदेश प्रादेशिक कार्यालय लमजुङ वितरण केन्द्रकी प्रमुख यमकुमारी गुरुङले बताइन् ।