१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ पौष २९ बिहीबार ०६:४०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सिंहदरबार प्रवेशमा कडाइ, सबै प्रकारका पास र अस्थायी परिचयपत्र खारेज

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ पौष २९ बिहीबार ०६:४०:००

कोरोना संक्रमण बढ्न थालेपछि प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार प्रवेशमा कडाइ गरिएको छ । बुधबार गृह मन्त्रालयले सूचना जारी गर्दै हालसम्म सबै मन्त्रालय, निकाय, सचिवालय, आयोग, कार्यालयलगायतबाट जारी भएका सबै प्रकारका  पास, अस्थायी परिचयपत्र खारेज गर्ने निर्णय गरेको जनाएको छ ।

नयाँ स्थायी, अस्थायी पास, अस्थायी परिचयपत्र जारी गर्नुपरेमा गृह मन्त्रालयको पूर्वसहमति लिई सम्बन्धित निकायबाटै जारी गर्ने व्यवस्था गरिएको गृहले जनाएको छ । सरसफाइसँग सम्बन्धित व्यक्तिहरूको हकमा भने यसपूर्व जारी भएका पास, अस्थायी परिचयपत्रहरूबाट नै प्रवेश दिने भनिएको छ ।

सिंहदरबार परिसरभित्र सञ्चालन भएका चमेनागृहहरूको हकमा बिहीबार एक दिनका लागि यसपूर्व जारी भएका पास र अस्थायी परिचयपत्रहरूबाट नै प्रवेश दिइनेछ । पत्रकारको हकमा भने सूचना विभागबाट जारी भएको परिचयपत्रको आधारमा नै प्रवेश दिने मन्त्रालयले बताएको छ ।

कोरोनाको जोखिम बढ्दै गएकाले कडाइ गर्नुपरेको मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए । ‘भिडभाडले संक्रमणको जोखिम बढाएकाले त्यसलाई कम गर्न प्रवेशमै कडाइ गरिएको हो,’ उनले भने । 

प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारमा अहिले पाँच हजारको हाराहारीमा कर्मचारी छन् । कोभिडको संक्रमण बढ्दै जाँदा सिंहदरबारभित्रै कैयौँ कर्मचारी संक्रमित भएका छन् ।