मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
मोहन विष्ट कञ्चनपुर
२०७८ पौष २८ बुधबार २१:१८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमाले कञ्चनपुरको अध्यक्षमा विष्ट प्यानलै निर्वाचित 

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७८ पौष २८ बुधबार २१:१८:००

नेकपा एमाले कञ्चनपुरको अध्यक्षमा सुरेन्द्र विष्ट प्यानलै निर्वाचित भएको छ । एमाले कञ्चनपुरको ८औँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा पूरै विष्ट प्यानल निर्वाचित भएको हो । निर्वाचन समितिका सदस्य पुष्पराज ओझाका अनुसार बुधबार साँझ पदाधिकारीको मतगणना सम्पन्न भएको छ । 

 सुरेन्द्र विष्टले आफ्ना प्रत्यासी वीरबहादुर थापा (पातल)लाई ९८ मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । विष्टले दुई सय ८१ र थापाले १ सय ८३ मत ल्याए।

उपाध्यक्षमा लक्ष्मी बुढाले आफ्ना प्रत्यासी महेश पन्तलाई ४९मतको अन्तरले हराउँदै निर्वाचित भएकी छिन् । बुढाले दुई सय ५४ र पन्तले दुई सय पाँच मत ल्याए ।  विष्ट प्यानलका तर्फबाट पल्लवराज भट्टले आफ्ना प्रत्यासी अशोककुमार चन्दलाई ७ मतले हराउँदै सचिवमा निर्वाचित भए । भट्टले दुई सय ३३ र चन्दले दुई सय २६मत ल्याएका थिए । उपसचिवमा दुवै विष्ट प्यानलकै निर्वाचित भएका छन् ।