मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी चेन्नेई
२०७८ पौष २८ बुधबार १८:५१:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

दक्षिण भारतमा आइफोन उत्पादन सुरु

Read Time : < 1 मिनेट
एजेन्सी चेन्नेई
२०७८ पौष २८ बुधबार १८:५१:००

एप्पल कम्पनीको सप्लाएर फक्सकोनले दक्षिण भारतको तमिलनाडुस्थित श्रीपेरुम्बुदुर सहरमा रहेको प्लान्टबाट आइफोनको उत्पादन सुरु गरेको छ । कामदारहरू बिरामी परेर प्लान्ट बन्द भएको तीन सातापछि बुधबारदेखि उत्पादन सुरु भएको रोयटर्सले जनाएको छ । एउटा सिफ्ट र १२० जना कामदारसहित प्लान्ट खोलिएको तथा पूर्ण क्षमतामा उत्पादन हुन दुई महिनाभन्दा बढी लाग्ने कम्पनीका अधिकारीहरूले जनाएका छन् ।

चेन्नेइ नजिकको उक्त सहरमा रहेको कम्पनीमा १७ हजारजनाले रोजगारी पाएका थिए । तर, गत डिसेम्बर १८ मा विशाक्त खानाका कारण दुई सय ५० जना कामदार बिरामी परेपछि बन्द भएको थियो । विगतमा तीन सिफ्टमा कम्पनी सञ्चालन हुँदै आएको थियो । 

विगतमा एप्पल र फक्सनले कामदारहरूको निवास र भोजन कक्षहरुमा आवश्यक मापदण्ड पूरा नभएको फेला परेको थियो । ताइबानमा आधारित कम्पनीले स्थानीय व्यवस्थापन टिमलाई पुनर्संरचना गर्न र सुविधा सुधार गर्न दबाब दिएपछि सुधार भएको थियो । प्लान्टमा आइफोन १३ को परीक्षण उत्पादन थालेको छ । अमेरिका र चीनबीच व्यापार युद्धको परिस्थितिपछि भारतमा प्लान्ट स्थापना हुनुलाई रणनीतिक रूपमा महत्वपूर्ण मानिएको छ ।