मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ पौष २८ बुधबार १७:३५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमाले दार्चुलाका अध्यक्षमा प्रेमसिंह धामी विजयी 

Read Time : < 1 मिनेट
२०७८ पौष २८ बुधबार १७:३५:००

नेकपा एमाले दार्चुलाको अध्यक्षमा प्रेमसिंह धामी विजयी भएका छन् । धामीले पाँच सय ८८ मत ल्याएर पूर्वजिल्ला कमिटी सचिव रहेका ज्ञानेन्द्र घर्तीलाई पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन् । अध्यक्षमा विजयी धामी नौगाड गाउँपालिका अध्यक्ष हुन् भने एमाले जिल्ला कमिटी सचिवालय सदस्य हुन् ।

उपाध्यक्षमा चरनसिंह बुढाथोकी निर्विरोध विजयी भएका छन् । सचिवमा शेरसिंह धामी चार सय २२ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी गंगादत्त जोशीले दुई सय १२ मत ल्याए । उपसचिवमा खडक बडाल तीन सय ८४ र चन्द्रादेवी कुँवर दुई सय ७३ मत ल्याएर विजयी भए । उपसचिवमा पराजित उमेश जोशी दुई सय ६२, दानीराम पार्की ९८ र धनबहादुर कुँवरले एक सय नौ मत ल्याए ।

नवनिर्वाचित कमिटीलाई नेकपा एमालेका पोलिटब्युरो सदस्य गणेशसिंह ठगुन्नाले बुधबार नै शपथग्रहण गराएका छन् ।