मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ पौष २८ बुधबार १६:५३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चीनसँग जोडिएका नाका खुला गर्न माग गर्दै प्रदर्शन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ पौष २८ बुधबार १६:५३:००

चीनसँग जोडिएका केरुङ र खासा नाकाहरू खुला गर्न माग गर्दै स्थानीयले विरोध प्रदर्शन गरेका छन् । बुधबार माइतीघर मण्डलामा सिन्धुपाल्चोकका स्थानीयले चीनसँग जोडिएका केरुङ र खासा नाका खुला गर्न माग गर्दै आन्दोलन गरेका हुन् ।

आन्दोलनमा सहभागी भएका अमिर तामाङले चीन आवतजावत गर्ने केरुङ र खासा नाकाहरू खुला गर्न माग गरे । उनले चीन सरकारले हुम्लामा रहेको १२ नम्बर पिल्लर सारेको भन्दै मनोमानी ढंगले अर्को देशको सीमास्तम्भ सार्न नपाइने बताए । 

आन्दोलनकर्मीहरूले नेपाल–चाइना नाका खुला गर, विद्यार्थीहरूको भविष्यमाथि खेलबाड गर्न पाइँदैन, हुम्ला जिल्लामा रहेको १२ नम्बर पिल्लर सार्न पाइँदैन, नेपाली भूमि अतिक्रमण बन्द गरलगायतका नारा लगाएका थिए ।