Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ पौष २८ बुधबार ०६:५८:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

ओमिक्रोनविरुद्धको लडाइँमा  पश्चिमा रवैया 

देश/परदेश

Read Time : > 2 मिनेट
२०७८ पौष २८ बुधबार ०६:५८:००

अमेरिका र युरोप दुवैले फैलिँदो महामारीको सामना गर्नतिर कुनै ध्यान नदिई गैरजिम्मेवार रवैया प्रस्तुत गरिरहेका छन्

उत्तरी चीनको तियान्जिनमा आइतबार कोभिड–१९ संक्रमणका २० नयाँ स्थानीय मामिला सतहमा आएका छन् । अघिल्लो दिन तियान्जिन नगरपालिकाले ओमिक्रोन भेरियन्टका दुई संक्रमणसहित २० मामिलाको जानकारी गराएको थियो । सहरमा तीनवटा पुस्तासम्म भाइरस फैलिएको बताइएको छ । यो चीनमा ओमिक्रोनको अहिलेसम्मकै सबैभन्दा ठूलो प्रकोप हो । यसैबीच उत्तर–पश्चिम चीनको सान्सी प्रान्तको राजधानी सियान र मध्यचीनको हेनान प्रान्तका धेरै ठाउँमा महामारी जारी नै छ । स्प्रिङ फेस्टिभलको बिदा र शीतकालीन बेइजिङ ओलम्पिकका खेलहरू नजिकिँदै गर्दा तियान्जिनलगायत चीनका धेरै ठाउँले यो नयाँ चुनौतीको सामना गर्नुपर्नेछ ।

ओमिक्रोन एक महिनादेखि विश्वभर फैलिएको छ । अमेरिकाले दैनिक १० लाखभन्दा बढी संक्रमणका नयाँ मामिलाको रेकर्ड दर्ता गरेको छ र युरोपेली देशहरूले पनि संक्रमणको संख्यामा नयाँ रेकर्ड कायम गरिरहेका छन् । अमेरिका र युरोप दवैले फैलिँदो महामारीको सामना गर्नतिर भने कुनै ध्यान नदिई गैरजिम्मेवार रवैया प्रस्तुत गरिरहेका छन् । उसो त ओमिक्रोन अत्यधिक संक्रामक छ, तर यो भेरियन्टले चीनको महामारी प्रतिरक्षालाई चिर्न एक महिनाभन्दा बढी समय लिएको छ । चीन मानिस र उनीहरूको जीवनलाई प्राथमिकतामा राख्छ, तसर्थ पश्चिमाझैँ गैरजिम्मेवार हुनेछैन । चीनको ओमिक्रोनविरुद्धको लडाइँ अन्तर्राष्ट्रिय समुदायका लागि महत्वपूर्ण शिक्षा हो ।

ओमिक्रोनविरुद्ध लड्न तियान्जिनमा स्पष्ट रूपमा ठूलो दबाब छ किनभने सम्पूर्ण देश र सारा विश्वले पनि यो सहरमा आफ्नो ध्यान केन्द्रित गरिरहेको छ । सबैभन्दा कम लागत र कम समयमा महामारीलाई कसरी नियन्त्रणमा ल्याउन सकिन्छ ? भाइरससँग लड्दा गम्भीर अवस्थाका बिरामीले समयमै उपचार पाउन नसक्ने र सामुदायिक लकडाउनका कारण मानिस भोकै बस्नुपर्ने चरम परिस्थितिबाट जोगिन जीविकाका आवश्यकतालाई कसरी सुनिश्चित गर्न सकिन्छ ? तियान्जिनले जटिल तर नगरी नहुने कामको सामना गर्नुपरेको छ । यस्ता क्षणमा रोकथाम एवं नियामकले सबै काम जनताको स्वास्थ्यका लागि र प्रत्येक जीवनको सुरक्षालाई ध्यानमा राख्नुपर्छ । यसबीच यी कर्मचारी वास्तवमा जीवनरक्षा गर्ने योद्धा हुन् र उनीहरूलाई सुन्नुपर्छ र समर्थन एवं सहयोग गर्नैपर्छ भन्ने बिर्सनुहुँदैन ।

सियानदेखि हेनानको जुचाङ हुँदै तियान्जिनसम्म भाइरसले जुनसुकै वेला पनि धरापको काम गर्न सक्छ । स्प्रिङ फेस्टिभलका कारण भिड बढ्न थालेको छ, अर्थात् छोटो समयमै यात्रा गर्नेहरूको संख्या उल्लेख्य बढेको छ । यस क्षेत्रमा महामारी रोकथाम र नियन्त्रणले चीनका सबै ठाउँका लागि परीक्षाझैँ काम गर्नेछ । स्थानीय सरकारहरू सन्तुष्ट भएर बस्नुहुँदैन । बरु, बाहिरबाट आउन सक्ने संक्रमण र देशभित्रै ब्युँतिएको महामारीलाई रोक्नुका साथै संक्रमणका ‘शून्य–मामिला’मा पुग्ने गतिशील रणनीतिमा जोड दिनुपर्छ । सरकारले थप सक्रियताका साथ जनताकेन्द्रित हुनुपर्छ र समयमै जनताका सरोकारलाई सम्बोधन गर्नुपर्छ । महामारी स्थानीय आपत्कालीन प्रतिक्रिया क्षमता र शासन व्यवस्थाको निष्पक्ष एवं कठोर परीक्षण हो । तसर्थ, हेलचेक््रयाइँ गर्नुहुँदैन ।

ध्यान दिनलायक विषय के छ भने हालैका दिनमा पश्चिमको जनमतले चीनको संक्रमणका ‘शून्य–मामिला’को गतिशील नीतिमाथि फेरि प्रश्न उठाइरहेको छ र मौखिक आक्रमण गरिरहेको छ । सबैभन्दा सनसनीपूर्ण भाष्य युरेसिया समूहबाट आएको थियो, जसले सन् २०२२ मा ‘चीनको शून्य–कोभिड नीतिको असफलता’ सबैभन्दा ठूलो वित्तीय जोखिम हुनेछ भन्ने दाबी गरेको थियो । युरेसियाका अनुसार यस नीतिको दबाबका कारण विश्वव्यापी आपूर्ति–शृंखलामा अवरोध र उच्च मुद्रास्फीति हुनेछ । हामी एउटा विसंगत दृश्य देखिरहेका छौँ, अर्थात् रणभूमिबाट भागेका केही गद्दार लडाकुले आफ्नै युद्धरत साथीका पिठ्युँमा छुरा घोपिरहेका छन् ।  

अमेरिकाको जनसंख्या दक्षिण चीनको ग्वाङ्डोङ, पूर्वी चीनको सान्डोङ र मध्यचीनको हेनान प्रान्तको जनसंख्या बराबर छ । त्यसैगरी, बेलायतको जनसंख्या मध्यचीनको हुनान प्रान्तजत्तिकै छ । यी दुई मुलुकले हालै एकै दिनमा दुई लाख संक्रमणका आँकडा पार गरेका छन् र त्यहाँ हालसम्म संक्रमितको संख्या १० लाख पुगेको छ । यो वृद्धिले चिकित्सा प्रणालीलाई धराशयी बनाइदिएको छ र समाजलाई गम्भीर रूपमा अवरुद्ध पारेको छ । विकासशील मुलुकका रूपमा यदि एक अर्ब ४० करोड जनसंख्या भएको चीनले महामारीलाई बेवास्ता गर्ने हो भने करोडौँ मानिस संक्रमित हुनेछन् र लाखौँले ज्यान गुमाउनेछन् । यस्तो कहालीलाग्दो अवस्थालाई कसरी सामना गर्ने ?  

संक्रमणका ‘शून्य–मामिला’को गतिशील नीति चीनमा महामारी रोकथाम र नियन्त्रणका लागि उत्तम विकल्प हो भन्ने प्रमाणित भएको छ । अमेरिकाको नेतृत्वमा पश्चिमका केही समूह÷व्यक्तिले भन्ने गरेको तथाकथित आर्थिक दुष्परिणामलाई सन् २०२१ को चिनियाँ अर्थोपार्जन अर्थात् सात अर्ब ३७ करोड अमेरिकी डलर नाघेर विश्वमै पहिलो नम्बरमा आएको तथ्यले जवाफ दिन्छ । यसैबीच, सन् २०२१ मा चीनको कुल आयात एवं निर्यात वस्तुको लागत ६० खर्ब डलर पुग्ने अपेक्षा गरिएको थियो जुन एक वर्षअगाडिको तुलनामा २० प्रतिशतले बढी हो । के यो आँकडा ‘शून्य–मामिला’को गतिशील नीतिसँग प्रत्यक्ष रूपमा जोडिएको छैन ? यस्तो परिस्थितिमा उनीहरू महामारीविरुद्धको विश्वव्यापी लडाइँमा चीनको महत्वपूर्ण योगदान र वैश्विक आर्थिक सुधारमा निर्वाह गरेको भूमिकालाई बेवास्ता गर्छन् । उनीहरू चीनलाई यो नीति त्याग्न बाध्य पार्ने कोसिस गर्छन् । के यो दुराशय स्पष्ट छैन ?

(चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र ग्लोबल टाइम्सको १० जनवरीको सम्पादकीय)