मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७८ पौष २७ मंगलबार २०:३९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ठूलो मात्रामा लागुऔषधसहित दुई पक्राउ

Read Time : < 1 मिनेट
२०७८ पौष २७ मंगलबार २०:३९:००

ठूलो मात्रामा लागुऔषधसहित कास्की प्रहरीले पोखराबाट एक भारतीय नागरिकसहित दुईजनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा भारत बिहार पश्चिम चम्पारण सरगटिया घर भएका २१ वर्षीय धर्मेन्द्र कुमार र जिल्ला रुपन्देही मर्चवारी गाउँपालिका वडा नं.५ मजगावा घर भएका २० वर्षीय अविनाश यादव रहेका छन् ।

प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीका अनुसार पोखरा  महानगरपालिका वडा नं.२२ स्थित सिद्धार्थ राजमार्गमा सवारीसाधन चेकजाँच गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन् ।

प्रहरीले उनीहरूलाई डाइजापाम १७१ एम्पुल, फेनारगन १७१ एम्पुल र नर्फिन १७१ एम्पुल गरी जम्मा पाँच सय १३ एम्पुल लागुऔषधसहित मोबाइल दुई थान र लु ३३ प ९३४३ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको हो । पक्राउ परेका दुवैजनालाई लागुऔषधसम्बन्धी मुद्धामा अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।