मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ पौष २७ मंगलबार १६:४०:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

भारतमा कोरोना संक्रमण बढ्न थालेपछि महोत्तरीको नाकामा कडाइ

एन्टिजेन पोजेटिभ आउने भारतीयलाई फर्काइँदै

Read Time : > 1 मिनेट
२०७८ पौष २७ मंगलबार १६:४०:००

महोत्तरीसँग जोडिएको भारतीय सहरहरु मधुवनी,दरभंगा,सितामढी र मुजफरपुर लगायतका क्षेत्रमा कोरोना बढ्न थालेपछि सोहि नजिक रहेका महोत्तरीको नाकामा समेत चेकजाँचलाई कडाई गरिएको छ । महोत्तरीको मुख्य नाका मलिवारा (भिठामोड)मा स्वास्थ्य कार्यालयको तर्फबाट राखिएको हेल्थ डेस्कमा भारतबाट आउने शंकास्पद पैदलयात्री र सवारीमा आएका पर्यटक र मालवाहक सवारीमा रहेका सम्पुर्णलाई एन्टिजने चेक गर्न थालिएको छ ।

गत सातादेखि एन्टिजेन परिक्षण नाकामा प्राथमिकताका साथ गर्न थालेपछि भारतको राजस्थान लगायतका विभिन्न प्रान्तबाट आएका धार्मिक पर्यटक बोकेका केहि सवारीहरु भारत फिर्ता पठाइएको छ । गत २५ गते ९३ जनालाई गरिएको एन्टिजेनमा १४ र २६ गते गरिएको ८८ जनाको परीक्षणमा ९ जना र मंगलबार १ बजेसम्म गरिएको ३० जनाको परीक्षणमा दुई जनाको एन्टिजेन पोजेटिभ देखिएपछि सवैलाई फिर्ता पठाइएको छ । सोमध्ये एकजना नेपालकै नागरिक रहेकोमा उनलाई होम आइसोलेसनमा बस्न तथा पिसिआर जाँच गराउन भन्दै घर पठाइएको हेल्थ डेस्कले जनाएको छ ।

हाल नाकामा एन्टिजेन परीक्षण तिव्र पारिएपनि खुल्ला सिमाका कारण सबैको परीक्षण सम्भव नरहेको साथै होल्डिङ सेन्टरकै समेत अभाव हुँदा  शंकास्पदलाई राख्ने ठाउँ समेत नभएको हेल्थ डेस्कका स्वास्थ्यकर्मीहरुले बताए ।

विगत दुई दिनमा एन्टिजेन पोजेटिभ आएकोमध्ये ६ पर्यटक बोकेको बस र एक चार पांग्रे हलुका सवारी फिर्ता पठाइसकिएको छ । महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले डिसिसिएमसी थप नाकाहरुमा हेल्थ डेस्क राख्न पहल गरिरहेको बताएका छन् । उनले नाकाहरु क्षमता अनुरुप कडाई गर्दै कोरोनाको खोप बढी भन्दा बढी मानिसलाई लगाउनतिर ध्यान केन्द्रित गरेको बताए । उनले कोरोनासँग जुध्न जलेश्वर स्थित प्रादेशिक अस्पताललाई समेत अक्सिजन प्लान्टसहित तयारी अवस्थामा राखिएको बताए ।

महोत्तरीमा हालसम्म दुई डोज खोप ३४ प्रतिशतले लगाएका छन् भने एक डोज ५६ प्रतिशतले लगाइसकेका छन् । यता स्कुले बालबालिकालाई समेत खोप लगाउने अभियान जारी रहेकामा मोडर्ना खोप झण्डै ८५ प्रतिशत बालबालिकालाई लगाइसकिएको स्वास्थ्य कार्यालयका खोप शाखा प्रमुख लक्ष्मेश्वर झाले बताए ।