१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
एजेन्सी क्यानाडा
२०७८ पौष २७ मंगलबार १५:५९:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

क्यानडामा चिनियाँ बैंक विवादमा

Read Time : < 1 मिनेट
एजेन्सी क्यानाडा
२०७८ पौष २७ मंगलबार १५:५९:००

चीनको राज्य नियन्त्रित इन्टस्ट्रियल एन्ड कमर्सियल बैंक अफ चाइना (आइसिबिसी)ले क्यानडा सरकारले तोकेको कानुन उल्लंघन गरेको आरोप लागेको छ। क्यानडाको कानुनअनुसार १० हजार अमेरिकी डलर वा त्योभन्दा बढीको नोट कारोबार भएमा सरकारलाई जानकारी दिनुपर्नेमा चिनियाँ बैंकले सरकारी नियम उल्लंघन गरेका कारण जरिवाना तिर्नुपरेको छ। चिनियाँ बैंकले सात लाख एक हजार दुई सय ५० अमेरिकी डलर जरिवाना तिरेको छ।

क्यानडामा सरकारी जानकारीविना १० हजारभन्दा बढी डलरको कारोबार भएमा शंकास्पद गतिविधिमा त्यसको दुरुपयोग भएको आशंका गरिने प्रचलन छ। क्यानडामा चिनियाँ बैंकको राम्रो प्रभाव छ। क्यानडाले नियमबाहिर चिनियाँ बैंकको कारोबार भएकोलाई राष्ट्रिय सुरक्षासँग जोडेर हेरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। केही समयअघि चीनको टेलिकम कम्पनी चाइना मोबाइलले सरकारलाई जानकारी नदिई ६ स्थानमा नेटवर्क विस्तार गरेको चर्चामा आएको थियो।