१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष २७ मंगलबार १५:५३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कार्यकारी निर्देशक दाहालको राजीनामा स्वीकृत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष २७ मंगलबार १५:५३:००

नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले दिएको राजीनामा स्वीकृत भएको छ। उनले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा राजीनामा बुझाएका थिए। उनको राजीनामा आजै स्वीकृत भएको मन्त्रालयका सचिव महेश्वर न्यौपानेले जानकारी दिए। ‘कार्यकारी निर्देशक दाहालले राजीनामा दिनुभएको थियो, उहाँको राजीनामा स्वीकृत भएको छ,’ न्यौपानेले भने। 

नारायणहिटी दरबार संग्रहालयभित्र बतास समूहलाई क्याफ्टेरिया बनाउन जमिन भाडामा दिने विषयमा छानबिन गर्न गठन भएको समितिले दाहाललाई दोषी देखाएको थियो।