१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष २७ मंगलबार ०९:०५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सचिवको थप दुई नयाँ दरबन्दी सिर्जना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष २७ मंगलबार ०९:०५:००

भएकै सचिव दरबन्दी कटौती गर्नुपर्नेमा सरकारले नयाँ सिर्जना गरेको छ । पछिल्लो मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवको दुई नयाँ दरबन्दी सिर्जना गर्ने निर्णय गरेको हो । 

मन्त्रिपरिषद्ले प्रधानमन्त्री कार्यालयअन्तर्गत प्रशासन र प्राविधिकतर्फ सचिवका लागि ‘विशेष सचिव’ भनेर नयाँ पद सिर्जना गरेको हो । एउटा दरबन्दी कार्यालयकै सचिवका लागि र अर्को हालै राष्ट्रिय पुनर्निर्माण प्राधिकरण खारेज भएपछि त्यहाँ कार्यरत सचिवको व्यवस्थापनका लागि सिर्जना गरिएको हो । 

हाल प्रधानमन्त्री कार्यालयमा पाँच सचिवको दरबन्दी रहेकामा नयाँ सिर्जना गरेपछि ६ जना पुग्ने भएको छ । एउटा दरबन्दीमा कार्यालयमै रहेका कार्यरत खगेन्द्रप्रसाद नेपालका लागि थपिएको हो । नेपाल निवृत्त भएपछि यो पद स्वतः खारेज हुनेछ । प्राविधिकतर्फको विशेष सचिवमा यसअघि सहरी विकास मन्त्रालयबाट सरुवा गरेर कार्यालयको अतिरिक्तमा राखिएका रमेश सिंहलाई थमाइएको छ ।

विगतमा प्रशासन सुधार आयोगका प्रतिवेदनहरूले सचिव दरबन्दी बढी भएको भन्दै कटौतीको सिफारिस गर्दै आएका थिए । ०७५ मा गठित सार्वजनिक खर्च पुनरावलोकन आयोगले पनि मन्त्रालयसहित सचिव दरबन्दी कटौतीका लागि सरकारलाई सुझाव दिएको थियो । विद्यमान सचिवको दरबन्दी फालाफाल हुँदाहुँदै सचिव व्यवस्थापनका लागि भन्दै सरकारले नयाँ दरबन्दी सिर्जना गरेकोप्रति पूर्वसचिव शान्तराज सुवेदी असन्तुष्टि व्यक्त गर्छन् ।

‘सचिवको दरबन्दी थप्ने होइन, दुई सचिव भएका मन्त्रालयबाट एक सचिवको दरबन्दी काट्नुपर्छ,’ उनले भने ।सचिवको दरबन्दी छ । मन्त्रिपरिषद् बैठकले सचिवहरूको सरुवा गरेको छ । निर्णयअनुसार बागमती प्रदेश प्रमुखसचिव किरणराज शर्मालाई रक्षा मन्त्रालय सरुवा गरिएको छ ।