१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ पौष २६ सोमबार १३:११:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कर्णाली प्रदेशका चार जिल्लामा एमालेको सर्वसम्मत नेतृत्व चयन

Read Time : < 1 मिनेट
२०७८ पौष २६ सोमबार १३:११:००

कर्णालीका दश जिल्लामध्ये नेकपा एमालेको जिल्ला अधिवेशनमा चार जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएको छ। सल्यान, डोल्पा, जुम्ला र रुकुम पश्चिममा सर्वसम्मत नेतृत्व चयन भएका हुन्।  सल्यानमा गोविन्दकुमार पुन, डोल्पामा शेरबहादुर बुढा, जुम्लामा शान्तिलाल महत र रुकुम पश्चिममा नन्दराम देवकोटा सर्वसम्मत अध्यक्षमा चयन भएका हुन्।

सुर्खेतमा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि अमृतबहादुर बिसी र डण्डीप्रसाद शर्माबीच प्रतिस्पर्धा भइरहेको छ। कालिकोट, दैलेख र जाजरकोट नेतृत्वका लागि धेरैजना आकांक्षी रहेका छन्। यी जिल्लामा सर्वसम्मत हुन नसकेमा निर्वाचन हुनेछ। 

कर्णाली प्रदेशका १० जिल्लामध्ये गत शनिबार आठ जिल्लाकाे अधिवेशन सुरु भएको थियो। बाँकी रहेका मुगुमा पुस २७ गते र हुम्लामा माघ २३ गते जिल्ला अधिवेशन हुने नेकपा एमालेका कर्णाली प्रदेश सचिव विनोदकुमार शाहले जानकारी दिए।