मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष २५ आइतबार १७:४१:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चको अध्यक्षमा जैसी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष २५ आइतबार १७:४१:००

नेपाल वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चको अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ। अधिवेशनले धनलाल जैसीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो। ४१ सदस्यीय कार्यसमितिको महासचिवमा कुन्छा दोर्जे डिम्डोङ तामाङ रहेका छन्। 
अधिवेशनले मञ्चको संरक्षकहरूमा मञ्चका संस्थापक अध्यक्ष दिलप्रसाद पोखरेल, पूर्वअध्यक्ष रामप्रसाद भान्तना र नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष प्रेम कटुवाललाई चयन गरेको छ। अधिवेशनले सल्लाहकारमा संघका पूर्वसचिव ईश्वर जिसी र कानुनी सल्लाहकारमा अधिवक्ता देवराज कटुवाललाई चयन गरेको छ।

अधिवेशन नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं पार्टीको श्रम तथा रोजगार विभागका इन्चार्ज रामेश्वरराय यादवको प्रमुख आतिथ्यतामा भएको थियो। कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य, प्रवास कमिटीका सहइन्चार्ज तथा नेपाल वैदेशिक रोजगार गणतान्त्रिक मञ्चका इन्चार्ज लक्ष्मण पन्तको विशेष आतिथ्यता रहेको थियो।