मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७८ पौष २४ शनिबार ११:५०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

डेढ वर्षदेखि म्याद थप नहुँदा एमक्याप व्यवस्थापनमा अन्योल

Read Time : < 1 मिनेट
२०७८ पौष २४ शनिबार ११:५०:००

प्राकृतिक, धार्मिक, सांस्कृतिक एवं पर्यटकीय दृष्टिकोणले प्रसिद्ध मनास्लु क्षेत्रको व्यवस्थापन गर्ने जिम्मा पाएको मनास्लु संरक्षण क्षेत्र आयोजना(एमक्याप)को म्याद सकिएको डेढ वर्ष भइसक्यो, तर अहिलेसम्म म्याद थप भएको छैन ।

एमक्यापको म्याद थप्ने प्रस्ताव अर्थ मन्त्रालयमा थन्किँदा ती क्षेत्रको व्यवस्थापनमा अन्योल भएको आयोजनाले बताएको छ । ‘एमक्यापले यहाँको आर्थिक विकास सँगसँगै यहाँका प्राकृतिक स्रोत र वन्यजन्तुको संरक्षण पनि गर्दै आएको छ । तर, आयोजनको म्याद थप हुन सकेको छैन’, आयोजनाका संरक्षण अधिकृत अजित तुम्बाहाम्फेले भने, ‘जसले गर्दा कानुनी रूपमा एमक्यापले काम गर्न पाएको छैन । दिगो व्यवस्थापनका लागि कार्यक्रम अगाडि बढाउन सकेको छैन ।’ 

यहाँका प्राकृतिक, सामाजिक, आर्थिक, सांस्कृतिक सम्पदाको संरक्षण गर्ने, जगेर्ना गर्ने, विकास गर्ने र प्रचार–प्रसार गर्दै आएको एमक्याप म्याद थप नहुँदा समस्या परेको बताइएको छ । साथै, जडीबुटी बिक्री गर्न छुटपुर्जी दिने, सिफारिस गर्ने, संरक्षणसम्बन्धी तालिम, प्रशिक्षण, अभिमुखीकरणलगायतका कामहरू गर्न नपाएको उनले बताए । एमक्यापले सो क्षेत्रमा पूर्वाधार विकास र समुदायस्तरका गतिविधि गर्दै आएको थियो । तर, स्टाफलाई व्यवस्थापन गर्न तथा कार्यालय सञ्चालनमा समेत समस्या भएको कार्यालयले जनाएको छ ।

एमक्याप व्यवस्थापनका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी)लाई छैटाैँपटक थपिएको म्याद सकिएको १७ महिना भइसकेको छ । आयोजनाको म्याद थप्ने प्रस्ताव अर्थ मन्त्रालयमा थन्किँदा ती क्षेत्रको व्यवस्थापनमा अन्योल भएको बताइएको छ ।