Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ पौष २३ शुक्रबार १८:५४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्राविधिक शिक्षा समाप्त पार्ने षड्यन्त्र भइरहेको छ - ओली

Read Time : > 1 मिनेट
२०७८ पौष २३ शुक्रबार १८:५४:००

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारले प्राविधिक शिक्षा परिषद् समाप्त पार्ने षड्यन्त्र रचिरहेको आरोप लगाएका छन् । अध्यादेशमार्फत प्राविधिक शिक्षा परिषद्लाई संस्थान बनाएर खतम पर्न लागेको ओलीले बताए ।

शुक्रबार धुलिखेलमा नेकपा एमाले काभ्रेको १०औँ जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । आफूहरूले प्राविधिक शिक्षालाई ७० प्रतिशतसम्म पुर्याउन चाहेको तर वर्तमान सरकारले सिध्याउन लागि परेको उनको भनाइ छ । ‘प्राविधिक शिक्षा खत्तम पार्न खोजेको छ । हामीले प्राविधिक शिक्षा अथवा छिटो रोजगारी दिने शिक्षालाई ७० प्रतिशत पुर्‍याउनुपर्छ भनेका थियौँ तर समाप्त पार्न खोजेको छ ।’ पूर्वप्रधानमन्त्री ओलीले भने, ‘बीचैमा अधिवेशन गरेर अध्यादेश ल्याएर प्राविधिक शिक्षा परिषद्लाई खत्तम पार्ने षड्यन्त्र भइरहेको छ । एउटा संस्थान बनाई निर्देशक नियुक्त गरी चलाउन लगेका छन् ।’

कांग्रेसको महाधिवेशनमा बुच्चे नक्सा टाँसे
नेपाली कांग्रेसको महाधिवेशनमा बुच्चे नक्सा टाँसेको आरोप ओलीले लगाएका छन् । यसरी चुच्चे नक्साको सट्टामा बुच्चे नक्सा टाँसेकोमा गल्ती महसुस गरेर भारत रिसाउने डरले गल्ती भयो सम्म नभनेको उनको भनाइ छ ।‘कांग्रेसले बुच्चे नक्सा टाँसेर महाधिवेशन सम्पन्न गरेका छन् । हामीले सार्वजनिक गरेको चुच्चे नक्साको सट्टामा बुच्चे नक्सा टाँसे ।’ उनले भने, ‘गल्ती गर्‍यो, गल्ती भो सम्म भन्न सकेन मालिक डराउँछ भनेर ।’

तीन वडाध्यक्ष एकसाथ एमालेमा प्रवेश
एमाले काभ्रेको दशौँ जिल्ला अधिवेशनमा विभिन्न पार्टीबाट वडाध्यक्ष बनेका तीनजना वडाध्यक्षहरू एकसाथ एमालेमा प्रवेश गरेका छन् । राष्ट्रिय प्रजातान्त्रिक पार्टीबाट वडाध्यक्ष बनेका रोसी गाउँपालिका वडा नं. १ का वडाध्यक्ष श्रीदास लामा, सोही पार्टीबाट वडाध्यक्ष बनेका रोसी गाउँपालिका वडा नं. ३ का धनजित लामा र नेकपा क्रान्तिकारी माओवादी मोहन बैद्य पार्टीबाट वडाध्यक्ष बनेका सोही गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष तेजबहादुर राना मगर नेकपा एमालेमा प्रवेश गरेका हुन् । 

राप्रपा काभ्रेमा पहिरो नै गएकाे छ । राप्रपा काभ्रेको अध्यक्ष टुल्कु लामा, उपाध्यक्ष श्रीदास लामा, महिला उपाध्यक्ष गंगा लामा, सचिव धनजित लामालगायत युवाहरू एमालेमा प्रवेश गरेका छन् । उनीहरूलाई यसअघि नै पार्टीले साधारण सदस्य पनि नरहने गरी कारबाही गरिसकेको थियो ।