१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ पौष २३ शुक्रबार १८:२९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

शीतलहर प्रभावितलाई प्रहरीद्वारा कम्बल वितरण 

Read Time : < 1 मिनेट
२०७८ पौष २३ शुक्रबार १८:२९:००

महोत्तरीमा शीतलहर प्रभावितहरूलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले कम्बल वितरण गरेको छ । जलेश्वर नगरपालिका वडा नं. ३ र ६ का पचास घरलाई प्रतिपरिवार एक थानको दरले महोत्तरीका प्रहरी र जिल्ला प्रशासन कार्यलयले मुसहर समुदायका अति विपन्न परिवारलाई कम्बल वितरण गरेको हो । 
विपद् व्यवस्थापन समितिको तर्फबाट मंगलबार महोत्तरी गाउँपालिका वडा नं. २ र ५ का ३० घर मुसहर परिवार र बुधबार जलेश्वर नगरपालिका–१२ का ४८ घरका अति विपन्न परिवारलाई कम्बल वितरण गरिएको थियो । 

गत साता मात्र नेपाली सेनाले समेत कम्बल र खाद्यान्न वितरण गरिसकेको छ । यता मनरा सिस्वा नगरपालिकाले वडा नं. १,२,५,८ र ९ मा दाउरा वितरण गरेको थियो । त्यस्तै, सोनमा गाउँपालिकाले बढ्दो चिसोलाई मध्यनजर गर्दै आफ्ना विद्यालयहरू गत मंगलबारदेखि शुक्रबारसम्मका लागि जाडो बिदा घोषणा गरेको थियो । 

शीतलहरले तराई मधेसमा जनजीवन प्रभावित हुन थालेपछि जिल्लास्थित विपद् व्यवस्थापन समितिले पालिकाहरू तथा अन्य विभिन्न संघ संस्थासँग समन्वय गरी लक्षित वर्गहरूलाई न्यानो कपडा वितरण तथा अन्य आवश्यक सामग्री उपलब्ध गराउन लागेकोे महोत्तरीका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले बताए । उनले जिल्लाभरिका शीतलहर प्रभावितहरूको अवस्थाबारे निरन्तर जानकारी लिइरहेको र आवश्यकताअनुसार राहतको तयारीमा लागेको बताए ।