मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष २३ शुक्रबार १३:४९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष २३ शुक्रबार १३:४९:००

नेपालमा थप २४ जनामा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट संक्रमण भएको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै थप २४ जनामा ओमिक्रोन संक्रमण भएको जानकारी दिएको हो।

‘पुस महिनामा संकलित जम्मा एक हजार एक सय ४६ पजिटिभ नमुनाहरूको एस–जिन स्क्रिनिङ गर्दा दुई सय ५० वटा नमुनामा एस–जित नेगेटिभ पत्ता लागेको छ। एस–जिन नेगेटिभ पत्ता लागेका २४ नमुनाको जिन सिक्वेन्सिङ गर्दा सबै नमुनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो,’ विज्ञप्तिमा भनिएको छ।

मन्त्रालयले ओमिक्रोन भेरियन्टले हुन सक्ने बिरामीको चापलाई मध्यनजर गर्दै यसअघि नै सबै अस्पताललाई तयारी गर्न निर्देशन दिइसकेको छ। सीमानाकाहरूमा कोभिड– १९ को परीक्षणलाई थप सशक्त बनाउने तथा पजिटिभ आएका केसहरूलाई आइसोलेसनमा राख्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।