१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७५ फाल्गुण २२ बुधबार ११:३६:००
Read Time : < 1 मिनेट
खेलकुद

आरसिटी ‘बी’ डिभिजन च्याम्पियन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ फाल्गुण २२ बुधबार ११:३६:००

रानीपोखरी कर्नर टिम ‘आरसिटी’ सहिद स्मारक ‘बी’ डिभिजन लिग च्याम्पियन बनेको छ । आरसिटीका लागि लोकेन्द्रबहादुर कार्कीले गरेको एक मात्र गोल निर्णायक बन्दा श्री भगवती क्लब पराजित हुन पुग्यो । 

पहिलो हाफको गोल निर्णायक
मंगलबार सम्पन्न खेलमा आरसिटीलाई उपाधि जिताउन २३औँ मिनेटमा लोकेन्द्रले गरेको गोल निर्णायक बन्यो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा उनम कार्कीले दिएको क्रसलाई लोकन्द्रले आकर्षक हेडमार्फत टिमका लागि निर्णायक अग्रता दिलाए । बाँकी समय श्री भगवतीले पुनरागमनका लागि राम्रा मौकाहरू सिर्जना गरे पनि सफल भएन । 

दोस्रो चरणको निर्णायक भिडन्त
समूह ए  र बीको उपविजेता बन्दै दुवै टोली दोस्रो चरण पुगेका थिए । आरसिटी ९ अंकसहित च्याम्पियन बन्दा श्री भगवती ६ अंकसहित दोस्रो स्थानमा रह्यो । मंगलबार भएको अर्को खेलमा सातदोबाटो युथ क्लबलाई २–१ ले पराजित गर्दै टुसाल युथ क्लब तेस्रो भयो । दुवै टोली समूह ए र बीको विजेता बन्दै दोस्रो चरण प्रवेश गरेका थिए ।

विजेतालाई ८ लाख
उपाधि विजेता आरसिटीले ८ लाख रुपैयाँ पुरस्कार पाएको छ । उपविजेता श्री भगवतीले पाँच लाख रुपैयाँ हात पार्दा तेस्रो भएको टुसालले तीन लाख नगद प्राप्त ग¥यो । चौथो स्थानको सातदोबाटो युथ क्लबले २ लाख नगद हात पारे । यसपटक ‘बी’ डिभिजनमा रेलिगेसन र बढुवाको प्रावधान हटाइएको थियो । 

लिगमा उत्कृष्ट खेलाडीलाई जनही २५ हजार प्रदान गरियो । सातदोबाटोका वीरेन्द्र लिम्बू उत्कृष्ट फर्वाड हुँदा श्री भगवतीका दर्शन गुरुङ उत्कृष्ट मिडफिल्ड, आरसिटीका लोकेन्द्र कार्की उत्कृष्ट डिफेन्डर, टुसालका विनोद सोडारी उत्कृष्ट गोलरक्षक घोषित भए । आरसिटीका बैजु कपाली उत्कृष्ट प्रशिक्षक घोषित भए । फेयर प्लेको अवार्ड पाएको श्री कुमारी क्लबले २५ हजार नगद हात पा¥यो ।